संक्रमितसँगै सुत्न बाध्य छन् कुरुवा
दुईवटा सर्जिकल मास्कले नेपालगन्जकी गीता चन्दको मुख छोपिएको थियो । उनका रसिला आँखामा भने त्रास र पीडा प्रस्ट झल्किन्थ्यो । भेरी अस्पतालमा कोरोना संक्रमित श्रीमान्को कुरुवा बसेकी उनलाई एकातिर कति बेला आफूलाई पनि संक्रमण हुने हो भन्ने डर छ भने अर्कातिर श्रीमान्को उपचार कहिले हुने हो भन्ने चिन्ता ।
अस्पतालबाहिर रहेको होटलमा शुक्रबार श्रीमान्का लागि दालको झोल किन्दै गर्दा उनले आफूले पाइरहेका हैरानीबारे सुनाइन् । ‘चिसो भुइँमा थुप्रै कोरोना संक्रमितका बीचमा सुत्नुपर्छ,’ उनले भनिन्, ‘बिरामीले उपचार कहिले पाउने हुन् भन्ने पनि थाहा छैन, आफ्नै जीवन रहला, नरहला कुनै टुंगो छैन ।’ पर्याप्त ठाउँ र चुस्त व्यवस्थापनको अभावमा एउटालाई बचाउँदा अर्को व्यक्ति पनि संक्रमित हुने खतरा रहेको उनले बताइन् । ‘अस्पतालमा न सेनिटाइजर छ न त मास्क,’ उनले भनिन्, ‘यस्तोमा कसो गरी कोरोनाबाट बच्ने ।
कोरोना उपचार केन्द्र बनेको भेरी अस्पतालमा संक्रमितको चाप थामिनसक्नु छ । त्यससँगै कुरुवाको संख्या पनि उत्तिकै छ । कतिसम्म भने संक्रमित र कुरुवा छुट्याउनसमेत सकिँदैन । बिरामीलाई कुर्दा आफैंलाई संक्रमणको त्रास बढेपछि कुरुवाहरू गीताझैं क्षुब्ध छन् । त्यसैमध्येका कुरुवा हुन्, दीर्घबहादुर तिरुवा । उनले कोरोना संक्रमित भाइलाई आईसीयूमा भर्ना गरेका छन् । अस्तव्यस्त हालतमा कुर्दाकुर्दा उनी आफैं संक्रमणको संघारबाट गुज्रिन बाध्य छन् । ‘भुइँमै रात बित्छ, भुइँमै दिन जान्छ,’ उनले सुस्केरा हाले, ‘यस्तो दुःख त कसैलाई नपरोस् ।’
( यो समचार आजको कान्तिपुर दैनिकिमा छ ।)
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस