ज्वरोपछि होस्टलमै विद्यार्थीको मृत्यु
तिलोत्तम नगरपालिकाको नयाँमिलनस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा रहेकी छात्राको उच्च ज्वरोले मृत्यु भएपछि विद्यार्थी र अभिभावकमा त्रास छाएको छ ।
कक्षा १० मा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको हो । दुई दिनदेखि रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिए पनि विद्यालयले समयमै उपचार नगर्दा घटना भएको अभिभावको आरोप छ ।
छात्रा विरामी भएको भन्दै शनिबार बिहान खबर पाएपछि आफन्तले नजिकैको क्रिमसन अस्पताल लगेका थिए । अस्पताल पुयाउनासाथ चिकित्सकले मृत घोषणा गरे ।
विद्यालय होस्टलमा करिब ८० विद्यार्थी बस्छन् । अन्य विद्यार्थीमा पनि रुघाखोकीको समस्या देखिएको छ । घटनापछि धेरै अभिभावकले छोराछोरी घरमै लगेका छन् ।
स्थानीय प्रशासनले विद्यालय बन्द्य गर्न निर्देशन दिए पनि नगरपालिकाले वैशाख २० गतेभित्र सबै परीक्षा सम्पन्न गर्न निर्देशन दिँदै परीक्षा सञ्चालन गरिरहेको छ ।
(यो समचार आजको गोरखापत्र दैनिकिमा छ)
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस