अक्सिजन सिलिन्डर आयातमा सहजीकरण गर्न माग
कोरोना सन्त्रास बढ्दै गए आवश्यक पर्ने अक्सिजनको आपूर्ति प्रणालीमा समस्या आउने भन्दै अक्सिजन उत्पादक कम्पनीका सञ्चालकले तत्काल सिलिन्डर आयातमा सरकारी सहजीकरणको माग गरेका छन् । अक्सिजन नेपालमै उत्पादन हुने भए पनि भर्नका लागि आवश्यक पर्ने सिलिन्डर भारत र चीनबाट आयात हुने गरेकाले तत्काल आवश्यक पर्दा समस्या नहुने गरी समयमै सिलिन्डर आयातमा सहजीकरणको माग गरेका हुन् ।
सामान्य अवस्थामै अस्पताल र व्यक्तिले घरमा होल्ड गरेका सिलिन्डरका कारण अभाव देखिन थालिसकेको उनीहरूको दाबी छ । अक्सिजन सिलिन्डर अभाव हुनसक्ने सङ्केत देखापरेको भन्दै उनीहरूले आयातमा भन्सार सहुलियतसहित सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
( यो समचार आजको गोरखापत्र दैनिकिमा छ ।)
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस