काठमाडौं उपत्यकामा कोभिड बिरामी कुन अस्पतालमा कति ?
राजधानीका धेरैजसो अस्पतालमा कोभिडका नयाँ बिरामीलाई सहजै भर्ना गरेर उपचार गर्न सकिने अवस्था छैन । कोभिड बिरामीका लागि छुट्याइएका सबै शय्या भरिइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दिनहुँ जटिल प्रकारका संक्रमितको संख्या बढिरहेकाले चाप थेग्न राजधानीमा तत्काल करिब हजार शय्याभन्दा बढीको अक्सिजनसहित उपचार दिन सकिने अस्थायी अस्पताल आवश्यक भइसकेको छ । सिकिस्त बिरामी बढिरहेकाले केही अस्पतालले थप बिरामीलाई सेवा दिन क्षमता विस्तारको तयारी थालेका छन् । हाल उपत्यकाका अस्पतालमा सामान्य अक्सिजनसहितको बेड पाउन कोभिडका बिरामी लाममा बस्नुपर्ने अवस्था छ । ‘बेड निकाल्न सकिएको छैन, ३–४ जना क्यूमा छन्, कोभिड पोजिटिभ बेड नपाएर इमर्जेन्सी, ट्रान्जिट वार्डमा छन्,’ वीर अस्पतालका कोभिड फोकल पर्सन डा। अच्युतराज कार्कीले भने, ‘तत्काल नयाँ बिरामी लिन सकिने स्थिति छैन ।
राजधानीका धेरैजसो अस्पतालमा कोभिडका नयाँ बिरामीलाई सहजै भर्ना गरेर उपचार गर्न सकिने अवस्था छैन । कोभिड बिरामीका लागि छुट्याइएका सबै शय्या भरिइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दिनहुँ जटिल प्रकारका संक्रमितको संख्या बढिरहेकाले चाप थेग्न राजधानीमा तत्काल करिब हजार शय्याभन्दा बढीको अक्सिजनसहित उपचार दिन सकिने अस्थायी अस्पताल आवश्यक भइसकेको छ । सिकिस्त बिरामी बढिरहेकाले केही अस्पतालले थप बिरामीलाई सेवा दिन क्षमता विस्तारको तयारी थालेका छन् । हाल उपत्यकाका अस्पतालमा सामान्य अक्सिजनसहितको बेड पाउन कोभिडका बिरामी लाममा बस्नुपर्ने अवस्था छ । ‘बेड निकाल्न सकिएको छैन, ३–४ जना क्यूमा छन्, कोभिड पोजिटिभ बेड नपाएर इमर्जेन्सी, ट्रान्जिट वार्डमा छन्,’ वीर अस्पतालका कोभिड फोकल पर्सन डा। अच्युतराज कार्कीले भने, ‘तत्काल नयाँ बिरामी लिन सकिने स्थिति छैन ।’
राजधानीका अस्पतालले कोभिडका बिरामीका लागि क्षमता विस्तार गर्दा पनि एक दिनमै शय्या अपुग हुन थालेको छ । अस्पतालको क्षमता, तयारी र बिरामीको चापमा धेरै भिन्नता देखिएको छ । हाल राजधानीमा देखिएको संक्रमण, जटिल बिरामीको संख्या विस्तारको दर र अस्पतालले विस्तार गर्ने सेवासुविधाको दर नमिलेको जनाउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। जीडी ठाकुरले भने, ‘अस्पतालले एक शय्या थप्दा २० जना जटिल बिरामीको संख्या थपिइसक्छ ।’
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस