भेरी अस्पतालका ७० स्वास्थ्यकर्मीलाई कोरोना
भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ओटी, इमर्जेन्सी, पारामेडिक, आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना लागेको हो । जसमा ७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक छन् ।
‘हामीले नर्मल बिरामीलाई भर्ना लिएकै छैनौं,’ डा. राजन पाण्डेले भने, ‘बिरामीले बेड नपाइरहेको अवस्थामा चिकित्सकले अस्पतालमा बस्ने कुरा भएन ।’ अस्पतालमा कोभिड बिरामीका लागि २ सय बेड बनाइएको छ । वार्डका कुनाकाप्चामा समेत बेड थपेर बिरामीको उपचार भइरहेको छ । ‘सामग्रीको अभाव त खासै छैन । प्रमुख कुरा जनशक्ति अभाव हो,’ अस्पताल प्रमुख डा. प्रकाश थापाले भने, ‘महामारी सुरु भएदेखि नै कम जनशक्ति अनि स्रोतसाधनको अभावका बीच स्वास्थ्यकर्मीले काम गर्न छाडेका छैनन् ।’ अस्पतालमा हाल करिब ४ सय स्वास्थ्यकर्मी कार्यरत छन् ।
गत वर्ष कोरोना उपचारका लागि छुट्याइएका चिकित्सक तथा नर्सले निरन्तर काम गरिरहेका छन् । संक्रमित भएपछि आइसोलेसनमा बस्ने र निको भएपछि फेरि उनीहरू काममै फर्किने गरेका छन् । ‘अस्पतालभित्र काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सक ढिलोचाँडो संक्रमित हुने सम्भावना भइहाल्छ,’ कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माले भनिन्, ‘बिरामी नछोएर उपचार सम्भव छैन । बिरामीलाई कसरी बचाऊँ भन्ने मनोविज्ञानले काम गरिरहेका हुन्छौं ।’ अस्पतालमा मास्क, पीपीई, पन्जालगायत सामग्री भने पर्याप्त छैनन् ।
कान्तिपुर दैनिकिबाट
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस