• जीवनशैली | Jiwanshaili
  • कोरोनाको संक्रमण स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी बढेको छ:स्वास्थ्य मन्त्रालय


    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

    मन्त्रालयले संक्रमितलाई अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालमा शैया उपलब्ध गराउन नसकिने अवस्था भइसकेको भन्दै आम जनतालाई थप संवेदनशील हुन आग्रह गरेको छ।

    मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा अति प्रभावित जिल्लाहरु मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण दर डरलाग्दो गरी बढिरहेको उल्लेख गरिएको छ।

    विज्ञप्तिमा संक्रमणको रोकथामका लागि जनस्वास्थ्यका मापदण्डहरु मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा सावुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने कार्य गर्नसमेत अपिल गरिएको छ।

    पछिल्लो साता संक्रमण र त्यसबाट मृत्यु हुने दर बढेको छ। सरकारले संक्रमणको चेन ब्रेक गर्न बढी प्रभावित जिज्लाहरुमा निषेधाज्ञा समेत गरेको छ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार