तपाईंको मास्क खोई ?
कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ रु’ कार्यक्रमलाई तीव्रता दिइएको छ । उक्त कार्यक्रम अन्तरगत पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १४ हजार ७३९ जनालाई निःशुल्क मास्क वितरणसमेत गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रमसहित मास्क वितरण गरिरहेको हो । यस्तै मापदण्ड उल्लङ्घन गर्नेलाई कारवाहीसमेत गरिएहेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए।
तोकिएको सुरक्षा मापदण्डलाई कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्दै विभिन्न सचेतनामूलक कार्यक्रम अभियानकैरुपमा सञ्चालन गरेको छ । अभियानको क्रममा पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने तीन हजार ७४६ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको छ । तोकिएको मापदण्ड उल्लङ्घन गर्ने ५१५ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको जनाइएको छ ।
साथै सोही क्रममा देशभर सञ्चालित सचेतनामूलक कार्यक्रममा ३१ हजार ८४१ जना सहभागी भएका छन् । कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायत कार्यक्रम गरिरहेको छ । यस्तै भीडभाड नगर्न, अनावश्यकरुपमा घर बाहिर हिँडडुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाका अनुरोध गर्दै हिँडेको छ ।
अघिल्लो दिन ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखी मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको छ । सोही अबधीमा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने एक हजार ८६ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको र १० हजार ७९४ जनालाई निःशुल्क मास्क वितरण गरेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस