१ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदको लागि औषधि व्यवस्था विभागको अनुमति
काठमाडौं । औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदको लागि विभिन्न कम्पनीहरुलाई अनुमति दिएको छ ।
कोभिड – १९ का गम्भीर बिरामीलाई प्रयोग हुने औषधि रेम्डेसिभिर तीन हजार भाइल मंगलबार काठमाडौँ आइपुग्ने औषधि विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । हाम्रो मेडि कन्सर्नले बेक्सिम्को बंगलादेशबाट ल्याउन अनुमति पाएको २० हजार भाइलमध्ये आज तीन हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्ने उनले बताए ।
कोरोना संक्रमित गम्भीर बिरामीको संख्या बढ्दै गएपछि रेम्डेसिभिर औषधिका कालोबजारी बढ्नुका साथै माग ह्वात्तै बढेको छ । यद्यपि, रेम्डेसिभिर औषधिको माग बढेपछि संक्रमित बिरामीमा खासै सकारात्मक प्रभाव नपारेको अध्ययनहरुले देखाएको छ ।
यस्तै बुधबार पनि ४ हजार भाइल रेम्डेसिभिर औषधि नेपाल आइपुग्ने प्रवक्ता केसीले बताए । विभागले कोभिडकै बिरामीलाई प्रयोग हुने अर्को इन्जेक्सन टोसिलीजुमाव आयात गर्न पनि अनुमति दिएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस