१ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदको लागि औषधि व्यवस्था विभागको अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदको लागि विभिन्न कम्पनीहरुलाई अनुमति दिएको छ ।
कोभिड – १९ का गम्भीर बिरामीलाई प्रयोग हुने औषधि रेम्डेसिभिर तीन हजार भाइल मंगलबार काठमाडौँ आइपुग्ने औषधि विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । हाम्रो मेडि कन्सर्नले बेक्सिम्को बंगलादेशबाट ल्याउन अनुमति पाएको २० हजार भाइलमध्ये आज तीन हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्ने उनले बताए ।
कोरोना संक्रमित गम्भीर बिरामीको संख्या बढ्दै गएपछि रेम्डेसिभिर औषधिका कालोबजारी बढ्नुका साथै माग ह्वात्तै बढेको छ । यद्यपि, रेम्डेसिभिर औषधिको माग बढेपछि संक्रमित बिरामीमा खासै सकारात्मक प्रभाव नपारेको अध्ययनहरुले देखाएको छ ।
यस्तै बुधबार पनि ४ हजार भाइल रेम्डेसिभिर औषधि नेपाल आइपुग्ने प्रवक्ता केसीले बताए । विभागले कोभिडकै बिरामीलाई प्रयोग हुने अर्को इन्जेक्सन टोसिलीजुमाव आयात गर्न पनि अनुमति दिएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस