अक्सिजनसहित २० श्ययाको आइसोलेशन तयार
नवलपरसीको गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० श्ययाको आइसोलेशन तयार पारेको छ । वडा नं ११ स्थित गैँडाकोट नगर अस्पतालसँगै रहेको कभर्ड हललाई नै आइसोलेशनका रूपमा तयार गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए ।
आइसोलेशनका लागि तीन कोठा निर्माण गरिएको जनाउँदै पौडेलले एउटा कोठामा १६ बिरामी राख्न सकिने तथा बाँकी दुई कोठामा दुई÷दुई बिरामी राख्न मिल्ने गरी आइसोलेशन तयार पारिएको बताए । दुई एमबिबीएस चिकित्सकसहित एचए र अनमी कार्यरत सो अस्पतालमा आइसोलेशन सञ्चालनपछि थप दुई स्टाफ नर्स नियुक्त गरिएको छ । त्यस्तै दुई अनमी छनोट प्रक्रियामा रहेका नगरप्रमुख पौडेलले बताए ।
नगरपालिका स्वास्थ्य शाखाबाट आवश्यक कपडा र औषधिको व्यवस्थापनपछि अक्सिजन, चिसो–तातो पानी, पानी तताउने भाँडा, बिजुली, इन्टरनेट, झुल, पङ्खासहित व्यवस्थापन गरिएको र आवश्यक थप सामग्री थप्दै लैजाने पौडेलको भनाइ छ । नगरभित्रका बिरामीलाई अक्सिजनको आवश्यकता परेमा चिकित्सकले राख्नुपर्ने भनेमा आइसोलेशनमा राखिने छ । कोभिड सङ्क्रमणका कारण वडा नं ११ मा बुधबार बिहान एक व्यक्तिको मृत्यु भएपछि नगरपालिकाले तीव्ररूपमा आइसोलेशन सञ्चालनमा ल्याएको हो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०को टोली र अस्पताल व्यवस्थापन समितिबीच गत बुधबार बैठक बसेर अक्सिजन सिलिन्डरसहितको आइसोलेशन बनाउने निर्णय भएसँगै सो कार्यलाई अघि बढाइएको थियो । यसअघि क्वारेन्टिन सञ्चालन गरिएको स्थानलाई नै थप व्यवस्थापनसहित आइसोलेशन तयार पारिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले बताए ।
अहिले पाँचवटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन तयार पारिएको भए पनि आजबाट थप अक्सिजनको व्यवस्था हुने सुवेदीले बताए । जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को सिफारिशमा आजै १० वटा अक्सिजन सिलिण्डर ल्याउने तयारी भइरहेको सुवेदीले बताए । अक्सिजनको आवश्यकता पर्ने कोरोना सङ्क्रमितलाई आजैदेखि सो आइसोलेशनमा राखेर उपचार गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको सुवेदीको भनाइ छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस