किन चर्कियो अक्सिजन अभाव ?
कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । उपत्यकाका अक्सिजन प्लान्टलाई बुधबारबाट पूर्ण क्षमतामा सञ्चालन गरिए पनि उपत्यकाबाहिरका प्लान्टले क्षमताको ५५ प्रतिशत मात्र अक्सिजन उत्पादन गरिरहेका छन् । उत्पादकहरूले भने सबै प्लान्ट पूर्ण क्षमतामा चल्ने गरी खाली सिलिन्डर नै नरहेको जनाएका छन् ।
ललितपुरमा बिहीबार नियन्त्रणमा लिएका अक्सिजन सिलिन्डर । उपत्यकाका विभिन्न स्थानबाट ६७८४ सिलिन्डर नियन्त्रणमा लिइएको छ । तस्बिर स् प्रशान्त मालीरकान्तिपुर
अस्पताल भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन चाहिन थालेपछि कतिपय व्यापारीले कालोबजारी गर्दा र व्यक्तिगत तहमा समेत जोहो गरेर राख्नाले सिलिन्डर अभाव हुन थालेको जानकारहरू बताउँछन् । सिलिन्डर लुकाउने प्रवृत्ति बढेपछि स्थानीय प्रशासन र सरोकारवाला निकायले छापा मार्न थालेका छन् । काठमाडौं उपत्यकामा मात्र बिहीबार ६ हजार ७ सय ८४ थान अक्सिजन सिलिन्डर नियन्त्रणमा लिइएको छ । सिलिन्डर लुकाएर मोलमोलाइ गरेको गुनासोपछि बुधबार धनगढीमा जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायतको टोलीले अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेतको गोदाममा छापा मारेर ६० वटा सिलिन्डर बरामद गरेको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलका अनुसार प्लान्टका ८० प्रतिशतसम्म सिलिन्डर अस्पतालमै रहने भएकाले खाली सिलिन्डर पुनः भरेर पठाउन चुनौती छ ।
अक्सिजन प्लान्टहरूसँग करिब ६० हजार सिलिन्डर रहेको तथ्यांक छ । उत्पादकहरूले भने कोरोना संक्रमण बढिरहेकाले अक्सिजन अभाव हुन सक्ने आकलन गरेर तीन साताअघि नै व्यवस्थापनका लागि सरकारलाई आग्रह गरेको जनाएका छन् । ‘हामीले भारतबाहेकका मुलुकबाट एयर लिफ्ट गरेर तुरुन्त २० हजार अक्सिजन सिलिन्डर ल्याउन भनेका थियौं,’ नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारदाले भने, ‘त्यसबेला सरकारले कुरा सुनेन ।’
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने आत्तिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन् ।
(यो समाचार कान्तिपुर दैनिकमा छ ।)
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस