स्वास्थ्य सुरक्षा सामग्री सहयोग
नेलम्बो नेपालले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । निर्देशनालयलाई रु एक लाख ८५ हजार ७५० तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु ५० हजार ७८० बराबरको सामग्री प्रदान गरिएको हो ।
संस्थाका तर्फबाट पिपिई सेट, मास्क, भाइजर, फेस शिल्ड, स्यानिटाइजर, स्यानिटाइजर स्ट्यान्ड, थर्मल गन, साबुन, स्प्रे बोतल, ग्लोब्सलगायतका सामग्री संस्थाका अध्यक्ष एकदेव देवकोटाले हस्तान्तरण गरेका हुन ।
प्रदेश स्वास्थ्य निर्देशनालयलाई प्रदान गरिएका सामग्री ग्रहणका क्रममा सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले सहयोगप्रति आभार व्यक्त गर्दै विषम परिस्थतिको मूल्याङ्कन गरेर नेलम्बोले सहयोग गरेको बताउनुभयो । पहिलो चरणमा विभिन्न सङ्घसंस्थाबाट प्रदेश सरकारलाई रु चार करोड बराबरको सहयोग प्राप्त भएको जानकारी दिँदै उहाँले दोस्रो चरणमा पनि सहयोग जुट्दै जाने विश्वास व्यक्त गरे ।
संस्थाका अध्यक्ष देवकोटाले सरकार, सङ्घसंस्था र नागरिक बीचको हातेमालोबाट मात्रै महामारी विरुद्घ लड्न सकिने बताउनुभयो । निर्देशनालय र प्रतिष्ठानसँग सहकार्य गर्न संस्था तयार रहेको उल्लेख गर्दै उहाँले महामारीविरुद्घ लड्न निर्देशनालयलाई रु १५ लाखसम्मका सामग्री उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गरे ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले नेलम्बोसँग सहकार्य गर्दै जाने जनाउँदै प्राप्त सामग्रीको सदुपयोग गरिने विश्वास व्यक्त गरे । निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले प्राप्त सामग्री जिल्ला तहसम्म पु¥याइने बताए।
नेलम्बोका कार्यक्रम संयोजक डा किसन कोइरालाले प्रदान गरिएका सामग्रीका बारेमा जानकारी दिँदै संस्थाले आफ्नो स्थापनाको चार वर्षयता शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको बताए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस