• जीवनशैली | Jiwanshaili
  • शरीरमा अक्सिजनको कमी हुन नदिन फोक्सोलाई स्वस्थ राखौँ


    काठमाडौं । नेपाल लगायत छिमेकी मुलुक भारतमा अहिले कोरोना महामारीको दोस्रो लहर चलिरहेको छ ।

    गतवर्ष फैलिएको कोभिड–१९ भन्दा अहिले फैलिरहेको भाइरसका कारण संक्रमित र मृत्यु हुनेको संख्या पनि बढ्दो छ । कोरोनाले सवैभन्दा पहिले फोक्सोमा आक्रमण गर्ने र स्वास फेर्न गारो भइ मृत्यु हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । संक्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । हाम्रो शरीरमा छातीभित्र दुईवटा फोक्सो हुन्छन् जसको काम हावा शरीरभित्र तान्ने, अक्सिजन भित्र लिने र अरू हावा बाहिर फाल्ने हो । जीवनको लागि नभई नहुने अक्सिजन शरीरभित्र पु¥याउने फोक्सो पनि नभई नहुने अंग हो ।

    हाम्रो शरिरमा अक्सिजन पुर्याउने फोक्सोलाई स्वास्थ्य राख्न के गर्ने त ?

    १) सकेसम्म स्वच्छ हावा लिनेः
    घर÷अफिसमा बस्दा झ्याल, ढोका, भेन्टिलेटर खुल्ला राख्नु । स्वच्छ हावाको आवातजावत सन्तुलित गर्नु ।

    २) पर्याप्त पानी पिउनेः

    शरीरमा पर्याप्त पानीको मात्रा भएपछी फोक्सोलाई काम गर्न सहज हुन्छ । कफी, अल्कोहल र सोडियम धेरै भएका खानेकुरा नखानुहोला ।

    ३) आइरन र एन्टी अक्सिडेन्ट बढी भएको खाना लिनेः

    हरियो सागपात, भटमास, अण्डा, रातो सिमि, गाजर, पालुन्ग्गो, सिमला खुर्सानी आदी खानु होला ।

    ४) शारीरिक रुपमा स्फुर्त रहनेः

    घर वा आगनमै सामान्य शारीरिक कसरत, हिंडडुलले फोक्सोको अक्सिजन लिने क्षमता बढाई चिन्ता घटाउँछ ।

    ५) स्वासप्रश्वासको कसरत गर्ने 

    स्वस्थ व्यक्तिको लागि म्भभउ दचभबतजष्लन भहभचअष्कभ गर्दा प्रभावकारी हुन्छ । यसको लागि आफुलाई सहज हुने आसनमा बस्ने (सम्भव भए कुर्सीमा),नाकबाट सकेसम्म धेरै हावा भित्र लिने, फोक्सोमा एकछिन हावालाई होल्ड गरेर मनमनै ५ सम्म गिन्ती गर्ने र नाकबाट बिस्तारै हावा छोड्ने । १ पटकमा कम्तिमा ४ पटक यो विधि अपनाउनु पर्छ र दिनभरिमा कम्तिमा ४ पटक । अस्वस्थ व्यक्तिको लागि बिस्तारै हावा भित्र लिने र नाकबाट फाल्ने प्रयास गर्ने ।

    ६) शान्त रहने प्रयास गर्नुसः

    जब तपाई शान्त रहनुहुन्छ तब श्वासप्रश्वास प्रक्रिया सहज हुन्छ । सम्भव भएमा मेडीटेशन, योग, सकारात्मक सोच सम्बन्धी यु ट्युबमा भिडियो हरु हेर्नुहोला ।

    ७) धुम्रपानः

    धुम्रपान नगर्ने । आफू सामु अरुलाई पनि गर्न नदिने ।

    ८) घरभित्रको हावा दुषित न्यूनीकरण गर्नेः

    ग्यास चुल्हो, स्टोभ, बलिरहेको मैनबत्ती वा टुक्की, दाउरा बालिरहेको ठाउँबाट, ग्यास हिटर आदी धुवा निकाल्ने ठाउँबाट कम्तिमा ५ फिट टाढा बस्ने । दाउरा बालेर खाना पकाउने अवस्था र धुवा आवातजावतको अवस्था ठिक नभएमा खुल्ला ठाउँमा खाना बनाउने । मुख्य कुरा धुँवाबाट टाढा रहने ।

    ९) पेट्रोलियम आधारित क्रिम र मल्हमहरु अनुहार र छातीमा नलगाउने । जस्तै भेसलिन, मोईस्चराईजर आदी ।
    १०) श्वास फेर्न कठिनाई वा छाती दुख्ने जस्ता लक्षण महशुस भएमा तुरुन्त स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्नुपर्छ ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार