आइसोलेसन कक्ष व्यवस्थापनमा स्थानीय तह सक्रिय
काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहहरु आइसोलेसन कक्ष व्यवस्थापन गर्न सक्रिय भएका छन् । कोरोना भाइरस९कोभिड–१९० को दोस्रो लहर फैलिएपछि काभ्रेपलाञ्चोकका नगरपालिका र गाउँपालिकाहरु आइसोलेसन व्यवस्थापन गर्न सक्रिय भएका हुन् ।
नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा नमोबुद्धको नौविसेमा जनक बहुमुखी क्याम्पसमा ४० शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको छ । सीमित जनशक्ति एकीकृत रुपमा परिचालन गरी आइसोलेसनमा बस्ने बिरामीको सेवा प्रभावकारी बनाउन दुई पालिकाबीच सहमती गरिएको नमोबुद्ध नगरपालिकाले जनाएको छ । आइसोलेसनका सबै शय्यामा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । दुबै पालिकाबाट एक÷एक चिकित्सक आलोपालो हुनेगरी खटिनेछन् भने बिरामीको अनुपातमा दुबै पालिकाबाट स्वास्थ्यकर्मी खटाइने छ । सो केन्द्रमा एक जनाको उपचार भइरहेको छ । यसअघि सो केन्द्रमा २५ शय्या मात्र व्यवस्थापन गरिएको थियो ।
कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिकाले पनि सङ्क्रमितको उपचारको लागि तीन ठाउँमा गरी १८ शय्याको अक्सिजन सिलिण्डरसहितको आइसोलेसन केन्द्र व्यवस्थापन गरिरहेको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमका अनुसार वडा नं। ५ को धुसेनी शिवालय प्राथमिक अस्पतालमा १०, वडा नं। २ को डिसीडब्लुसी अस्पतालमा ५ र वडा न।। ३ को धुलिखेल अस्पतालको आउटरिच केन्द्रमा ३ शय्याको आइसोलेसन कक्ष व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । शय्या व्यवस्थापनसँगै धुसेनी शिवालय प्राथमिक अस्पतालमा दुई र अरू अस्पतालमा एक एक गरी ४ जना एमबिबिएस डाक्टरलाई तयारी अवस्थामा राख्ने योजना रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले आवश्यक औषधि र अक्सिजन सिलिण्डर खरिद गर्ने तयारी गरेको छ ।
त्यस्तै वनेपा नगरपालिकाको सक्रियतामा बनेपास्थित शिर मेमोरियल अस्पतालमा २० शय्याको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ भने नगरपालिकाको वडा नं। ५ स्थित नेपाल वनेपा पोलिटेक्निक इन्ष्च्यिुटमा ५० शय्याको आइसोलेसन व्यवस्थापन गरिएको छ ।
पाँचखाल नगरपालिकाले पनि तामाघाट समाजकल्याण चोकमा स्वास्थ्य उपकरणसहित चिकित्सक तथा आवश्यक दक्ष स्वाथ्यकर्मीसहित १५ शय्याको आइसोलेसन कक्ष तयार गरिसकेको छ । अहिले पाँचखाल बाहेक वनेपा र नौविसेको आइसोलेसन केन्द्रमा कालीजंग गण धुलिखेलको नेपाली सेनाको टोलीले सुरक्षा दिँदै आएको छ ।
शुक्रवारसम्ममा जिल्लामा ७० सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९६४ पुगेको छ । वनेपामा ३७२, पनौतीमा २१५, धुलिखेलमा १८९, पाचखालमा ६६, मण्डनदेउपुरमा २७ र नमोबुद्ध नगरपालिकामा ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै रोशीमा २१, चौरीदेउरालीमा ८, तेमालमा ७, बेथानचोकमा १४, भुम्लुमा ८, महाभारतमा ३ र खानीखोला गाउँपालिकामा २ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । १६ जना भने शुक्रबार निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस