क्लोथ बैङ्कद्वारा घरमै बिरामीको परीक्षण
जनकपुरधाममा ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएपछि क्लोथ बैङ्क जनकपुरधामले घर—घरमै परीक्षण कार्य शुरू गरेको छ । सोका लागि बैङ्कद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि एक जना सहायक चिकित्सक परिचालन गरिएको जनाइएको छ ।
बैङ्कका अध्यक्ष राजीव झाका अनुसार सहायक चिकित्सकले घरमै गई अक्सिजन लेवल , ज्वरो जाँच्नुका साथै आवश्यक परे अक्सिजन जडानसमेत गर्नेछन् । सो बैङ्कद्वारा सञ्चालित होम आइसोलेसन तथा अक्सिजन बैङ्कको अभियानमा कोरोनाबाट सङ्क्रमण भएकाको सङ्ख्या ५० पुगेको छ भने बैङ्कले २७ जना बिरामीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको बताइएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस