गर्मी बढेसंगै फूड पोइजनको समस्याबाट बच्न के गर्ने ?
काठमाडौं । अहिले गर्मी मौसम बिस्तारै बढिरहेको छ । कोरोना महामारीसँगै खानपिनले आफ्नो स्वास्थ्य बिग्रिन्छ कि भन्ने कुरामा पनि ध्यान दिनु जरुरी हुन्छ ।
केही खानेकुरा बढी तामक्रममा चाँडै बिग्रीने र त्यसमा हानिकारक किटाणुले पनि चाँडै आक्रमण गर्ने हुन्छ । यस्ता खानेकुरा खाएमा फूड पोइजन अर्थात खाद्य विषाक्तता हुन सक्छ । गर्मी मौसममा प्राय खानेकुरा चाँडै बिग्रिने हुन्छन् । तर हामी बाहिरको खानेकुरा खाँदा पनि ताजा हो होइन भन्ने कुरामा ध्यान दिदैनौँ । अझ घरमा पनि बासि खानेकुरा सकेसम्म नफालौँ खाएर सकौँ भन्ने सोचले खान्छौँ । तर यसले निम्त्यिाउने नोक्सानीका बारेमा हामीले पहिले नै विचार गर्नुपर्छ । मौसम अनुसार खानपानमा फरक पर्छ । त्यसैले खानेकुरा खाँदा धेरै कुरामा ध्यान दिनुपर्छ । खानेकुरामा ध्यान दिन नसकेकै कारण फूड पोइजन हुने र ज्यानै जाने खतरा समेत हुन सक्छ ।
के हो फूड पोइजन ?
फूड पोइजन हुने मुख्य कारण भनेकै बासी, सडेगलेका खानेकुरा हुन् । व्याक्टेरियाका कारण पनि फूड पोइजन हुन सक्छ । यदि व्यक्तिमा रोगप्रतिरोधक क्षमता कमजोर छ भने फूड पोइजनको असर झन गम्भीर रुपमा देखिन सक्छ । पेट दुख्ने, डायरिया हुने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ । बच्चा र वृद्धवृद्धामा यसको जोखिम बढी हुने गर्छ । मासु अर्थात तरकारीमा किटाणु फैलन सक्छ । राम्रोसँग नपाकेको खानेकुराका कारण पनि क्लोस्ट्रीडियम, साल्मोनेला र इकोलाइ जस्ता संक्रमण हुन सक्छ । कब्जियत, ग्यास्टिक जस्ता समस्या भएका मानिसलाई त फूड पोइजनको असर झन बढी देखिने आशंका गरिन्छ ।
फूड पोइजनको लक्षण
–फूड पोइजनको शुरुवाती लक्षण पेट दुख्ने हुन्छ ।
–केही खानासाथ बमिट हुनु ।
–ज्वरो र कमजोर महसुस हुनु ।
–पटक पटक बमिट हुनु ।
–फूड पोइजन हुँदा टाउको दुख्ने पनि हुन सक्छ ।
सावधानी
खानेकुराहरु राम्रोसँ पकाएर मात्र खानुपर्छ । आवश्यकता अनुसार मात्र खानेकुरा पकाउने र बासि खाना नखाने । पकाएको लामो समयपछि मात्रा खानेकुरा खाने हो भने पून तताएर खानुपर्छ । बाहिरको खानेकुरा खाँदा विशेष ध्यान दिनुपर्छ । ताजा खानेकुरा मात्र खाने गर्नुपर्छ । एक पटक पकाएको खानेकुरा पटकपटक तताएर वा पकाएर खानुहुँदैन । घरमा पालिएका जनावरलाई आफूले बनाएका खानेकुराबाट टाढा राख्नुपर्छ । पेट सम्बन्धी कुनै समस्या भएमा त्यसलाई सामान्य मानेर बस्नु हुँदैन । कुनै पनि दुखाइ वा समस्या बिना कारण देखिएको हुँदैन । त्यसैले समस्या हुनासाथ चिकित्सकको सल्लाह लिनुपर्छ । झुक्किएरै भए पनि खराब खानेकुरा खाइएमा तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ । फूड पोइजनको लक्षण देखिएसम्म पर्खिएर बस्छु भन्ने सोच्नु हुँदैन । प्रसस्त मात्रामा पानी पिउनुपर्छ तर पानी सफा हुनुपर्छ ।
खानाको भण्डारणमा ध्यान दिने
सुख्खा मसला, दाल आदिबाट पनि खाद्य विषाक्तता हुन सक्छ । यीनीहरुबाट फूड पोइजन गराउने किटाणु फैलिन सक्छ । त्यसैले यस्ता खानेकुरा राखनधरनमा ध्यान दिनुपर्छ । यस्ता खानेकुरा हावा नछिर्ने बन्द डिब्बामा राख्ने गर्नुपर्छ । घरमा भएका खाद्य सामाग्रीहरुको पनि म्याद सकिने हुन्छ । यस्ता म्याद गुज्रिएका खानेकुरा खान हुँदैन ।
सरसफाइमा ध्यान दिने
फूड पोइजनबाट बच्न खानेकुरा बनाउँदा र खाँदा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । खाना बनाउनुअघि र बनाइसकेपछि हात राम्रोसँग धुनुपर्छ भने आवश्यक सामाग्री अर्थात भाडाकुडा पनि सफा हुनुपर्छ । खाना बनाउने ठाउँ, भान्सा कोठा नै सफा हुनुपर्छ । फ्रिजमा काँचा खानेकुरा र पाकेका खानेकुरा अलग अलग राख्नुपर्छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस