पूर्वमन्त्री बस्नेतका पहलमा निशुल्क कोभिड–१९ सेवा केन्द्र सञ्चालन गरिने
नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गरिने घोषणा गरेका छन् । जिल्लाका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र केही स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी एक महिना भित्र नै सेवा सञ्चालन गरिने उनले जानकारी दिए ।
उनले भने, “सेवा केन्द्रमा अक्सिजन र भेन्टिलेटरको व्यवस्था हुने छ । निकट भविष्यमा पिसिआर मेसिन पनि राखिने छ । भविष्यमा कोभिड–१९ रोग नियन्त्रणमा आएपछि यो केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रका रूपमा रूपान्तरण हुने छ । विस्तृत जानकारी कामको स्थलगत प्रक्रिया शुरु भएपछि गराउने छु ।”
पूर्वमन्त्री बस्नेतले आफूसँग भएको एउटा गाडी (जीप) बाट सिन्धुपाल्चोकमा कोडिड–१९ या अन्य रोग लागेका बिरामीलाई अस्पताल पु¥याउन दिने निर्णय गरेका छन् । गाडी आफूले फिर्ता नलिने गरी प्रदान गरिने उनले बताए ।
उनका अनुसार बिरामीले कुनै पनि सेवा शुल्क तिर्नु पर्दैन । एउटा सञ्चालक समिति बनाएर सबै व्यवस्था गरिने छ । कोभिड–१९ संक्रमितहरु अस्पतालमा शय्या, अक्सिजन, भेन्टिलेटर, पर्याप्त विज्ञ र स्वास्थ्यकर्मी नपाएर मृत्युवरण गर्न बाध्य भएका परिस्थितिमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै उहाँले जनस्तरबाट पनि केही गर्नुपर्ने सोच राखी आफूले सो कार्य गर्न लागेको जनाए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस