कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग
नेपाल प्रेस युनियन काठमाडौँ शाखाले कोरोना सङ्क्रमणको समयमा कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै युनियन काठमाडौँ शाखाले उपत्यकाका विभिन्न सञ्चारगृहमा पुगेर कार्यक्षेत्रमा खटिएका पत्रकारलाई मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
युनियनले बुधबार प्राइम टाइम्स टेलिभिजन, हिमालय टेलिभिजन तथा एपिवान टेलिभिजनमा कार्यरत पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरेको शाखाका अध्यक्ष जगन्नाथ दुलालले राससलाई जानकारी दिए । काठमाडौँ शाखाले आगामी दिनमा एभिन्यूज, ग्लोबल, इमेजलगायतका सञ्चारगृहमा स्वास्थ्य सामाग्री वितरण गर्ने जनाएको छ । अध्यक्ष दुलालका अनुसार ५०० प्रति मास्क र १० बोतल स्यानिटाइजर वितरण गरिनेछ । गत वर्ष कोरोना सङ्क्रमणको बेलामा प्रेस युनियन काठमाडौँ शाखाले काठमाडौँमा क्रियाशील ४०० भन्दा बढी पत्रकारलाई प्रेस लेखिएको पहेँलो ज्याकेट वितरण गरेको थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस