सेनाको अस्पताललाई सहयोग
कैलालीको धनगढीमा रहेको नेपाली सेनाको अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि रु ३० लाख सहयोग प्रदान गगरिएको छ । दिनहुँ कोरोना सङ्क्रमितका बिरामी बढ्दै जान थोपछि कोरोना सङ्क्रमितको उपचार सेवा सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले सो अस्पताललाई सो रकम प्रदान गरेको हो ।
प्रदेश सरकारले सेनाको अस्पतालबाट कोरोना सङ्क्रमितको उपचार गरिदिन आग्रह गरेको थियो । कोरोना सङ्क्रमितको उपचार सेवा सञ्चालन गर्न प्रदेश सरकारले कोरोना कोषबाट रु ३० लाख सो अस्पताललाई प्रदान गरिएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए ।
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नेपाली सेनाको सुदूरपश्चिम पृतनाले कोरोनाका बिरामीलाई सेवा दिने गरी अस्पताल सञ्चालन गर्न तयारी बढाएको जनाइएको छ । कैलालीको धनगढीमा नेपाली सेनाका परिवारलाई मात्रै सेवा दिने गरी निर्माण थालिएको सो अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीको उपचार गर्ने गरी तयारी अगाडि बढाइएको सुदूरपश्चिम पृतनाले जनाएको छ ।
अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर काम अघि बढेको जनाइएको छ । नेपाली सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाका अनुसार अस्पताल सञ्चालनका लागि काम तीब्रगतिमा अघि बढाइएको छ । सो अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस