• जीवनशैली | Jiwanshaili
  • चिनियाँ कम्पनीद्वारा २५ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण


    रसुवा । रसुवामा निर्माणको काम गरिरहेको चिनियाँ कम्पनीले २५ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।

    चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन सीडब्ल्यूईले जिल्ला प्रशासन कार्यालय रसुवालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो । रसुवामा रहेको एक सय ११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको सीडब्ल्यूईले २५ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।

    जिल्लाको अस्पतालमा अक्सिजन सिलिन्डर पर्याप्त नभएका कारण सहयोग गरिएको आयोजना प्रमुख छबि गैरेले बताउनुभयो । जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । जिल्लाको अस्पतालहरूमा अहिले पर्याप्त अक्सिजन सिलिन्डर छैनन् ।

    जिल्लामा हाल सञ्चालनमा रहेका दुई वटा अस्पतालमा २० वटा अक्सिजन सिलिन्डर रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार