• जीवनशैली | Jiwanshaili
  • मनोविद् भन्छन् : कोरानाले बालबालिकामा गम्भीर असर


    इटालीको एक अनुसन्धान अनुसार ३० प्रतिशत बालबालिका ‘पोष्ट ट्रमाटिक डिसअर्डर’को उच्च जोखिममा छन् । यो जोखिम कोरोना कहरले बालबालिकामा पारेको असरले निम्त्याएको हो ।

    अझ कोरोना रोकथाममा खटिएका अभिभावकका सन्तानमा झन् बढी मनोवैज्ञानिक असर पर्ने गरेको बताइएको छ । यस्तो असरले बालबालिकाको शिक्षा, स्वास्थ्य र सिकाइमा प्रभाव पर्ने अनुसन्धानको निचोड छ ।

    कोभिडको बेला कतिपय फ्रन्टलाइनरहरू घर नजाँदा बालबालिकाबीचको दूरी बढिरहेको छ । घर गए पनि आइसोलेसनमा रहने हुँदा बालबालिकासँग नजिक हुन पाउँदैनन् । मनोविद् कुँवर भन्छिन्, ‘बालबालिकालाई समय नदिँदा उनीह इरिटेट हुने र एग्रेसिभ हुने समस्या देखा परेको छ ।’

    महामारीले बालमनोविज्ञानमा प्रत्यक्ष असर परेको मनोविद् कुँवर सुनाउँछिन् । यस्तै अर्का मनोविद् डा. रामपुकार साह पनि बाआमा कोही अफिस जानु पर्यो भने डाँको छाडेर रुने, टाढा भयो कि अभिभावकलाई बोलाउने समस्या बालबालिकामा बढेको छ ।

    जुन महामारीकै कतिपय अवस्थामा भने भने दुवै अभिभावक काममा जानु पर्ने भएकाल लकडाउनको बेला बच्चाहरूलाई समय दिन सकिरहेका हुँदैनन् । यसको परिणाम बच्चाहरूमा बोलीको विकासमा कमी आउने, सामाजिक विकासमा कमी आउने, भावनात्मक समस्या बढी आउने गरेको पाइएको छ ।

    बाल मनोविद् डा. मिनाक्षी दाहाल शिक्षक तथा अभिभावकहरूसँग कुराकानीका क्रममा संवेदनशील बालबालिकालाई यसले थप नकारात्मक असर पारिरहेको पाइएको बताउँछिन् । दाहालका अनुसार जो बालबालिका पहिला बढी डर र त्रासमा थिए ।

    जसलाई प्रत्यक्ष असर अघिल्लो लकडाउनमा पारेको थियो, त्यस्तो बालबालिकालाई यसले थप नकारात्मक प्रभाव पारेको छ । ‘अब यस्तै हुन्छ कहिले पनि खुल्दैन भन्ने खालका सोच, निराश हुने समस्या बालबालिकामा छन् ।

    यद्यपि, सबै बालबालिकालाई एउटै नियम लागू नहुने मनोविदहरूको अनुभव छ । ‘यसले कति गहिरो असर बनाएको छ, यसलाई उनीहरूले ग्रहण गर्नसक्ने क्षमता कस्तो छ ? युवा तथा अभिभावकले त्यसलाई कसरी लिएका छौं, कसरी यसबारे कुरा गरेका छौं त्यो पनि उतिकै महत्वपूर्ण रहेछ,’ मनोविद दाहाल सुनाउँछिन् ।

    मनोविद्हरूका अनुसार कोभिडको कारण जुन भयको वातावारण सिर्जना भयो, त्यसले नै यो किसिमको समस्या पैदा भयो । समाचारमा मान्छे बितेको, अक्सिजन अभाव भएको लगायतका जानकारी आउँछन् । त्यसले गर्दा बच्चालाई सही जानकारी थाहा हुन्न । त्यसपछि उनीहरूले यो अवस्थालाई डरलाग्दो र उपायविहीन भन्ने हिसाबले सोच्छन् ।

    डा. साहका अनुसार ५ वषदेखि १० उमेर समूहका बालबालिकामा कोरोनाबारे धेरै जानकारी आउँछ ।

    स्कुल बन्द भएका कारण साथीहरू भेट्न नपाउँदा पनि उनीहरूमा छट्पटी देखिने गरेको छ । साथै बच्चाको मनोविज्ञान उनीहरूको अभिभावकको मनोविज्ञानमा समेत भर पर्ने मनोविद्हरूको बुझाइ छ ।

    अभिभावक स्वयम् सामाजिक सञ्जालमा व्यस्त हुँदा बालबालिकाले समय नपाएको मनोविद् करुणा कुँवर बताउँछिन् । ‘बुबाआमा स्वयम् सामाजिक सञ्जालमा व्यस्त भएको हुँदा बालबालिकालाई समय नै नदिएको जस्तो देखिन्छ । यसमा अभिभावकले ध्यान दिनुपर्नेछ,’ उनी सुझाउँछिन् ।


    क्याटेगोरी : खोज/विशेष, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार