रोग प्रतिरोधात्मक क्षमता बढाउन के खाने ?
काठमाडौं । विश्वभर फैलिएको कोरोनाबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन जरुरी छ । रोगसँग लड्ने क्षमता कमजोर भयो भने कुनै पनि रोगले छिट्टै आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता बलियो भयो भने कोरोना जस्ता भाइरससँग शरीरले सजिल्यै लड्न सक्छ ।
यसका लागि हाम्रो भान्सामा सजिल्यै उपलब्ध हुने विभिन्न खानेकुराहरूको बढी प्रयोग गर्न सकिन्छ ।
पुदीना
यसको पातमा भिटामिन सी, फस्फोरस र क्याल्सियम पाइन्छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।
च्याउ
च्याउमा भिटामिन डी लगायत थुप्रै पोषक तत्वहरु हुन्छन् । यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन खानामा च्याउ मिसाउनुपर्छ ।
नरिवलको तेल
खाना बनाउनका लागि प्रयोग गरिने तेलहरुको सट्टामा नरिवलको तेलको प्रयोग गर्ने गर्नुपर्छ । नरिवलको तेलको सेवनले शरीरलाई फाइदा मात्रै पुग्दैन यसले शरीरलाई विभिन्न रोगसँग लड्न पनि मजबुत बनाउँछ ।
ब्रोकाउली
ब्रोकाउलीलाई सलाद, तरकारी र सुपको रुपमा प्रयोग गर्न सकिन्छ । यसमा भिटामिन, एन्टि अक्सिडेन्ट जस्ता गुणहरू पाइने भएकाले यसले शरीरलाई मजबुत बनाउँछ ।
पालक
पालकमा आइरन, भिटामिन र फाइबर पाइन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि बिकास गर्छ । पालकलाई तरकारी, सुप, सलाद र जुसको रुपमा खान सकिन्छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस