नेपालमा २५ लाखले लगाए कोरोना विरुद्धको खोप
काठमाडौं । नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाईसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको बताएका हुन् । खोप लगाउने क्रम जारी रहेको पनि उनको भनाई छ । नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उनले जानकारी दिए।
सह–प्रवक्ता अधिकारीले हालसम्म भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज प्राप्त भएको र नेपाली सेनालाई १ लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको उनले जानकारी दिए । त्यस्तै चिनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको उहाँको भनाई छ । त्यसमध्ये २५ लाख डोज खोप लगाईसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको डा. अधिकारीले बताए।
७ लाखको हाराहारीमा खोप मौज्दात रहेको भएपनि भेरोसेल खोप लगाउन शुरु गरिएको उनको भनाई छ । भारतसँग २० लाख डोज खोप खरिद गरेको भएपनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उनले जानकारी दिए । यद्यपी भारतसँग छलफल भइरहेको र छिट्टै खोपहरु आउने उहाँको भनाई छ । स्पुतनिक भि खोप लगायतका अन्य खोपहरु ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानीहरु भइरहेको पनि बताए।
यस्तै कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढीरहेको सम्बन्धमा देशभरी ९० वटा प्रयोगशालाबाट पिसिआर परिक्षण भइरहेको उनले जानकारी दिए। अहिले एन्टीजेन परिक्षणमा पोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिमा परेकाहरुको पिसिआर परिक्षण भइरहेको छ । पिसिआरको दायरा बढाउन सरकारको तयारी रहेको पनि सह–प्रवक्ता अधिकारी बताए।
अहिले नीजि तथा सरकारी प्रयोगशालाहरुबाट परिक्षण भइरहेको छ । एन्टीजेन परिक्षण भने मुख्य गरि नेपाल भारत सिमामा भारतबाट नेपाल भित्रिने नेपालीहरुमा गरिएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस