• जीवनशैली | Jiwanshaili
  • बिरामीलाई अक्सिजन लिएर आउनु भन्ने अस्पताललाई कारवाही गरिने


    काठमाडौं । केही अस्पतालहरुले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने भन्ने गरेको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा।समिर कुमार अधिकारीद्वारा प्रेसित वक्तब्यमा अक्सिजन जस्तो औषधिय विषय विरामी वा आफन्तलाई नै लिएर आउनु भन्नै नहुनेमा कहीँ कतै कसैले त्यस्तो गर्ने गरेको छ भने नगर्न नगराउन भनिएको छ ।

    विज्ञप्तीमा यदि कसैले त्यस्तो गेको पाईएमा नियम अनुसार कारवाही समेत हुन सक्ने जनाइएको छ । मन्त्रालयले आईएमयूमार्फत प्राप्त तथ्यांकमा आधारित भई स्वीकृत मापदण्ड भित्र रही देशभरका अस्पतालहरमा अक्सिजन आवश्यकता अनुसार उपलब्ध गरसाउने कार्य भैरहेको समेत जनाएको छ ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार