चीनले दिएको मेडिकल सामग्री नेपाल आइपुग्यो
काठमाडौं । चीनको सिचुवान प्रान्तले नेपाललाई प्रदान गरेको मेडिकल सामग्री त्रिभुवन विमानस्थलमा आइपुगेको छ ।
नेपालस्थित चिनियाँ दूतावासले यसको जानकारी दिएको हो । आज सिचुवान एयरलाइन्सको जहाजले कार्गो उडानमार्फत यी सामग्री नेपाल ल्याएको हो ।त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज विमानस्थलमा सिचुवान एयरलाइन्सको यो उडानसहित एक दर्जन अन्तर्राष्ट्रिय हवाई उडानको तालिका छ ।
यसमध्ये नेपाल एयरलाइन्सले भारतीय नागरिक लैजान साउदीमा दुई उडान गर्दैछ । मंगलबार त्यहाँ पुगेका हिमालय र नेवानिका जहाज आज काठमाडौं आएका छन् । आज नेपाल एयरलान्सको एक जहाज कार्गो ल्याउन चीनको सेन्जेन जाँदैछ । चीनको बेइजिङमा रहेको नेवानिको अर्को जहाज आजै काठमाडौं आइपुग्नेछ ।
भारतको राजधानी नयाँ दिल्लीबाट समेत एक उडानलाई चार्टर्ड अनुमति दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस