सीटी भ्यालू कम हुनेबित्तिकै बिरामी गम्भीर हुँदैन
कोरोना भाइरसको (कोभिड १९) संक्रमण शरीरभित्र छ–छैन भनी भनी जाँच गर्ने विधिहरूमा आरटी–पीसीआर र र्यापिड एन्टिजेन टेस्ट पर्दछन् । जसमध्ये आरटी– पीसीआरलाई प्रमाणिक परीक्षण मानिँदै आएको छ ।
पीसीआर गरिसकेपछि रिर्पोटमा ‘सी.टी. भ्यालू’ उल्लेख गरिएको हुन्छ । जसलाई संक्रमण पत्ता लगाउन एकदम महत्त्व दिइएको हुन्छ । सी.टी. भ्यालूकै माध्यमबाट व्यक्तिमा संक्रमणको अवस्थाबारे थाहा पाउन सकिन्छ । सी.टी. भ्यालूको के हो र यसको प्रभाव के रहन्छ भन्ने जिज्ञासा बढिरहेको छ ।
सिटी भ्याूल र कोरोना संक्रमणबारे जीवनशैलीका लागि रीता श्रेष्ठले प्रयोगशाला विज्ञ एवं सह-प्राध्यापक डाक्टर महेन्द्र भट्टसँग गरेको कुराकानी :
आरटी– पीसीआर गर्दा देखिने ‘सी.टी. भ्यालू’ के हो ?
सी.टी. भ्यालू अर्थात् ‘साइकल थ्रेसहोल्ड’ भनेको कुनै पनि व्यक्तिमा भाइरसको संक्रमण पत्ता लगाउने वा भनौ डिटेक्ट गर्ने एक मापन विधि हो । यसलाई बुझ्न सी.टी. भ्यालू केमा आधारित र कसरी मापन हुन्छ भनेर बुझ्न जरूरी हुन्छ ।
जब बिरामीबाट नमुना संकलन गरिन्छ त्यसको परिक्षण गर्दा साइकलिङ विधि प्रयोग गरिन्छ । उक्त साइकलिङमा भाइरस डिटेक्ट हुन समय लाग्छ भने संक्रमणको अवस्था कम भन्ने बुझिन्छ र समय लाग्दैन छिट्टै नै भाइरस डिटेक्ट हुन्छ । यस्तो बेला संक्रमणको अवस्था धेरै छ भन्ने बुझिन्छ । र त्यो साइकलिङ विधि नै सी.टी. भ्यालू हो ।
सी.टी.(साइकल थ्रेसहोल्ड) भ्यालूको थप महत्त्व के रहेको छ ?
सी.टी.(साइकल थ्रेसहोल्ड) भ्यालू जति कम भयो त्यति नै भाइरसको संक्रमण धेरै र सी.टी. भ्यालू जति धेरै भयो संक्रमण उति नै कम हुने भन्ने आम मान्यता छ । अनि कोरोना भाइरस शरिरमा छ वा छैन भनेर पत्ता लगाउने यहि नै आधार भएकोले महामारीमा सी.टी. भ्यालूको महत्त्वको बढेको छ । सी.टी. भ्यालूको कारणबाट संक्रमित भए-नभएको पत्ता लागेपछि कुनै एक व्यक्ति संक्रमित भए आइसोलेसनमा बस्ने र संक्रमित होइन भने आफ्नाे दैनिक काम गर्न सक्ने अवस्था निर्क्याैल गर्न सकिन्छ । भाइरस मापनको मुख्य टुल भएकोले प्रयोगशालामा सी.टी. भ्यालूको अति महत्त्वपूर्ण छ ।
सी.टी. भ्यालू र कोरोना संक्रमितबीच कस्तो सम्बन्ध हुन्छ ?
मानिसहरूले हिजोआज सी.टी. भ्यालूको बारेमा केहि बुझेको पाइन्छ तर अधिकांशले के सोच्छन् भने सी.टी. भ्यालू कम हुने बित्तिकै संक्रमितको स्वास्थ्य अवस्था गम्भीर हन्छ । त्यस्तो व्यक्तिबाट एकदम छिटो संक्रमण फैलिन्छ ।
वास्तवमा सी.टी. भ्यालू कम भएको व्यक्तिमा भाइरस सक्रिय हुने भएकाले संक्रमण छिटो फैलिने कुरा सत्य हो तर सी.टी. भ्यालू कम आएको छ भन्दैमा संक्रमित आत्तिनुपर्ने वा अस्पताल गइहाल्नुपर्ने भन्नेचाँहि होइन । सी.टी. भ्यालू कम आउनेबित्तिकै बिरामी गम्भीर पनि हुने होइन । यो कुनै पनि व्यक्तिको रोग प्रतिरक्षा प्रणालीसँगको विषय हो ।
कुनै एक व्यक्तिको रोग प्रतिरक्षात्मक क्षमतमा बलियो छ र भाइरससंग पनि लड्न सक्ने क्षमता छ भने संक्रमितको अवस्था सामान्य पनि हुन सक्छ । सी.टी. भ्यालूकै मात्र आधारमा संक्रमित गम्भीर हुन्छ भन्न मिल्दैन ।
कोरोना संक्रमितको कस्तो अवस्थामा सी.टी. भ्यालू कम वा बढी हुने गर्दछ ?
सी.टी. भ्यालू विहानदेखि बेलुकासम्म घटबढ हुन सक्छ । तर यतिसम्म पनि होइन कि कोरोना भाइरस नेगेटिभ आउने गरी । वास्तवमा यो विषय पनि रोग प्रतिरक्षा प्रणालीसंग नै संम्बन्धीत छ । खासमा नमुना संकलन गर्ने अवस्थासम्मको मात्र रिर्पोट आउने हो तर व्यक्तिको खानपान र रोग प्रतिरक्षा प्रणालीको कारण भाइरससंग लडिरहँदा सी.टी. भ्यालू बढ्दै गएर छिट्टै नै ठिक हुन पनि सक्छ र रोग प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूमा सी.टी. भ्यालू कम भएर संक्रमितलाई अवस्थामा बिग्रन पनि सक्छ ।
सी.टी. भ्यालू कुन अवस्थामा रहँदा कोरोना सर्दैन ?
कुनै पनि व्यक्तिको रिर्पोटमा सी.टी. भ्यालू बढ्दै गएर ३० –४० सम्म पुग्दा भाइरस निस्क्रिय भइसकेको हुनाले कोरोना भाइरसको संक्रमण फैलिदैन । तर पनि सरसफाइमा र रोग प्रतिरक्षा वृद्धि गर्ने कुरामा ध्यान दिनु अति नै आवश्यक हुन्छ ।
आरटी– पीसीआर. र र्यापिड एन्टिजेन टेस्टमा के फरक छ । अनि यी दुईमा कुन प्रभावकारी छ ?
प्रभावकारिताको हिसाबमा हेर्ने हो भने आरटी– पी.सी.आर. एकदम प्रभावकारी हुन्छ । विश्व स्वास्थ्य संगठनको भनाइअनुसार आरटी पीसीआरमा पनि अझै सुधार गरिनुपर्ने कुरा छ । र्यापिड एन्टिजेन टेस्ट पनि कोरोना परीक्षणको सर्पोटिङ टेस्ट हो । दुवै टेस्टहरूको आफ्नै महत्त्व छ तर नेपाललगायत अन्य थुप्रै देशहरूमा आरटी– पीसीआर टेस्ट नै बढी प्रयोगमा रहेको छ । हामीले पनि यही परीक्षण गरिहेका छौं ।
क्याटेगोरी : समाज, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस