स्विट्जरल्याण्डले पठाएको स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण
काठमाडौं । स्विट्जरल्याण्डले पठाएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण भएको छ ।
स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलरले कोभिड १९ सङ्कटसँग लड्न ४० वटा भेन्टिलेटर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्यापिड एन्टिजेन किट्स लगायत स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै स्वीस राजदूत एलिजाबेथले कोरोना महामारीमा आफूहरु नेपालीकै साथमा रहेको बताए। नेपालको आग्रहमा स्विट्जरल्याण्डले यी स्वास्थ्य सामग्री सहयोग गरेको नेपालमा रहेको स्वीस राजदूतावासले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस