‘हेल्थ डेस्क’को अनुगमन
कर्णाली प्रदेशका पूर्वकानूनमन्त्री नरेश भण्डारीले नाग्मा सिमानामा रहेको ‘हेल्थ डेक्स’को अनुगमन गर्नुभएको छ । कर्णाली प्रदेश हुँदै गृह जिल्ला पुग्नुभएका उनले आज बिहान अनुुगमन गरेका हुन् । तलतिरबाट आउने प्रवेशद्वारमा स्थापना गरेको हेल्थ डेक्सको जानकारी लिन अनुगमन गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।
प्रवेशद्वारमा हेल्थ डेक्स स्थापना हुनु राम्रो कार्य भएको मन्त्री भण्डारीको भनाइ छ । वर्षाका बेला पहिरो जोखिम हुने भएकाले सुरक्षित भएर बस्न स्वास्थ्यकर्मीलाई उनले आग्ह गरे । सिमानामा पनि कडाइ गर्न जरुरी देखिएको उनको भनाइ छ । सिमानाको उच्च निगरानीका लागि हेल्थ डेस्कले महत्वपूर्ण काम गर्ने बताइएको छ ।
सिमानमा प्रवेश गर्ने बित्तिकै कडा रुपमा निगरानी गर्नुपर्ने उनले बताए । कोरोना सङ्क्रमणदर बढेको रहेको जनाउँदै जुम्ला कालीकोटको सिमाना नाग्मबजारमा हेल्थ डेस्क स्थापना गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्ला बाहिरबाट यहाँ प्रवेश गर्नेको जाँचका लागि हेल्थ डेस्क स्थापना हो ।
फाइल तस्बिर
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस