अहिलेको अवस्था बालबालिकाका लागि कत्तिको जोखिमपुर्ण छ ?
अहिलेको अवस्था बालबालिकाका लागि पनि एकदमै जोखिमपूर्ण छ ।
कोरोना भाइरसको नयाँ प्रकार र बालबालिकामा यसको प्रभाव तथा लक्षणबारे धेरै अनुसन्धान भइरहेका छन् । धेरैजसोमा चाहिँ झाडापखाला, खोकी र ज्वरो देखिएको पाइएको छ । अरु त अनुसन्धानको पूर्ण नतिजा नआई भन्न सकिँने अवस्था छैन । कोरोनाको नयाँ स्वरुप भेरिएन्ट बालबालिकाका लागि थप जोखिमपूर्ण हुनुको अर्को कारण उनिहरुका लागि अहिलेसम्म खोप नहुनु हो ।
घरपरिवारले यसबारेमा विशेष सतर्कता अपनाउनुपर्छ ।
साना खालका मास्कहरू बालबालिकालाई लगाइदिनुपर्छ ।
आफू पनि घरमै बस्ने र बालबालिकालाई पनि घरमै राख्ने ।
घरभित्रै बस्दा पनि सकेसम्म दुरी कायम गरेर बस्नुपर्छ ।
घरपरिवारका केही सदस्य घर बाहिर आउजाउ गर्ने हुँदा उनीहरूबाट बालबालिकालाई भाइरस सर्ने खतरा हुन्छ । त्यसैले अहिले विशेष ख्याल गर्नुपर्ने बेला छ । बाहिर जाँदा र घर फर्किएपछि पनि स्वास्थ्य मापदण्ड अपनाउने र बाहिर गएर आएपछि राम्रोसँग साबुन पानीले हात धुने, मास्क लगाउने, दूरी कायम गर्नेजस्ता कुरामा विशेष ध्यान दिन जरुरी छ ।
बालबालिकाको स्वास्थ्यमा आभिभावकको भूमिका
विशेषगरी बालबालिकाको स्वास्थ्य अवस्था कस्तो राख्ने भन्नेमा आभिभावकको नै महत्वपूर्ण भूमिका हुन्छ । यदि यो निषेधाज्ञा छिट्टै हट्यो भने पनि अन्य क्षेत्र खुलेपनि विद्यालयलगायत शौक्षिक क्षेत्र भने तत्काल खुल्नु हुँदैन । यसले झन् जोखिम निम्त्याउँछ । बालबालिकाको खोप पनि नभएको अवस्थामा उनीहरू थप जोखिममा छन् भन्ने बुझ्नुपर्छ । कोभिड–१९ को प्रसार क्षमता पनि धेरै पाइएकाले बालबालिकाका लागि यसले अझ असर गर्न सक्छ । एकबाट दश र दशबाट सयको हिसाबले कोरोना सर्न सक्ने खतरा छ । त्यसैले विद्यालयलगायत शैक्षिक क्षेत्र खोल्नेबारे पनि हतार गर्नु हुँदैन । अन्य क्षेत्र बिस्तारै खोले पनि विद्यालय २÷३ महिना अथवा दशैंसम्म खोल्नु हुँदैन । भारतमा अहिले बिस्तारै कोभिड–१९ का केसहरू कम हुँदै गएका छन् । यसका आधारमा असारसम्म नेपालमा पनि केही घट्छ कि भन्ने आशा गर्न सकिन्छ । अहिले पनि २०÷२२ हजारमा परीक्षण गर्दा ८÷९ हजारमा पोजेटिभ आइरहेको छ । त्योभन्दा बढी नआउनु एकातिरबाट हेर्दा सुखद् पक्ष हो । अबको २ हप्ता एकदमै महत्वपूर्ण पनि छ । जति भएको छ‚ त्यसको ३० प्रतिशत मानिसलाई चाहिँ धेरै गाह्रो छ । आइसीयूमा नै उपचार गर्नु परेको छ । अस्पतालमा अक्सिजन अभाव पनि छ, बेडको अभाव पनि उत्तिकै छ । त्यसैले सर्तकता अपनाउन बालबालिकालाई घरबाट बाहिर जान दिनै हुँदैन । घरका मानिस पनि सकेसम्म बाहिर नजाने र जानै परे फर्किएपछि बालबालिकाको सम्पर्कमा नजाने गर्नुपर्छ । बालबालिकालाई मास्क लगाइदिने र पटकपटक हात धोइदिने गर्नुपर्छ । अभिभावकले सरसफाइमा पनि धेरै ध्यान दिनुपर्छ । ४५ प्रतिशत केसहरू त होम आइसोलेसनमा नै ठिक भएका छन् । यो एकदमै राम्रो पक्ष हो ।
बालबालिकालाई घरमै खेल्ने वातावरण बनाउने
बालबालिकालाई घरमै खेल्ने‚ रमाउने काम गर्नु अर्को महत्वपूर्ण कुरा हो । बालबालिका यसै पनि चञ्चले स्वभावका हुन्छन् । उनीहरुलाई खेल्न यताउता कुद्न र चल्न मन लाग्छ । विद्यालय पनि जान नपाएको अहिलेको अवस्थामा उनीहरू घर बाहिर निस्कन पनि जोखिम छ । यस्तो अवस्थामा उनीहरुलाई घरमै खेल्न दिने वा आफूसँगै खेलाउने गर्नुपर्छ । यसमा घरपरिवारका सबै सदस्य‚ विशेषगरी‚ बाआमाको महत्वपूर्ण भूमिका रहन्छ । बच्चाहरूले त्यति नबुझ्ने भएकाले उनीहरुसँग बस्ने, कुरा गर्ने, खेल्ने, आफूसँगै राखेर क्रियाकलापहरू गर्ने÷गराउने गर्नुपर्छ । घरका व्यक्तिहरूले गर्ने क्रियाकलापमा बालबालिकलाई पनि सहभागी गराउनुपर्छ । घरभित्र खेल्ने खेलहरू‚ जस्तैः क्यारामबोर्ड, लुँडो आदि खेल्न÷खेलाउन सकिन्छ । यस्तै चित्र बनाउन लगाउने गाउने‚ नाच्ने‚ खाना बनाउनेजस्ता क्रियाकलापमा उनीहरुलाई सहभागी गराउन सकिन्छ । यसो गर्दा अभिभावकलाई पनि अहिलेको अवस्थामा स्ट्रेस कम हुन्छ । बालबालिका पनि खेल्न पाउँदा दंग पर्छन् । यस्तो समयमा घरपरिवारमा सकेसम्म सबै सदस्य सँगै बस्दा राम्रो हुन्छ । यसले बालबालिकामा उत्साह पैदा गर्छ । तर दूरी कायम गर्नेलगायत स्वास्थ्य मापदण्ड पालना गर्ने कुराचाहिँ भुल्नु हुँदैन । किनभने, स्वास्थ्य मापदण्ड बालबालिका र अभिभावक दुवैका लागि जरुरी छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस