• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य सङ्कटकालको विषयमा सरकार सकारात्मक छ : मन्त्री त्रिपाठी


    काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेको छ ।

    आज भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको दोस्रो लहर फैलिरहेकाले यसको रोकथामका लागि स्वास्थ्य सङ्कटकालको विषयमा सरकार सकारात्मक रहेको बताए । यस्तै उनले कोरोना रोकथाम तथा उपचारका लागि सरकारले सके जति गर्ने पनि बताए ।

    थप खोप ल्याउन अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको मन्त्री त्रिपाठीले जानकारी दिए । यस्तै युरोपेली सङ्घसँग मौज्दातमा रहेको खोप नेपाल ल्याउने विषयमा पनि छलफल थालेको उनले बताए ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार