थप सात अस्पतालमा अक्सिजन प्लान्ट
वाग्मती – वाग्मती प्रदेश सरकारले मातहतका विभिन्न जिल्लाका विभिन्न थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि काम अघि बढाएको छ । प्रदेशअन्तर्गतका रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि काम अघि बढाएको हो ।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाले बोलपत्र आह्वान गर्दै रु आठ करोड ५० लाख लागतमा सात अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरेका छ । प्रत्येक अस्पतालमा एक दिनमा १५० सिलिण्डरका दरले अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट जडान गर्न लागिएको हो ।
करीब डेढ महिनाको अवधिमा प्लान्ट जडान गर्ने लक्ष्य राखिएको छ । प्रदेश मातहतका विभिन्न जिल्लाका १३ मध्ये छ अस्पतालमा यसअघि नै अक्सिजन प्लान्ट जडान भइसकेका छन् । मन्त्रालयले यसअघि १३ वटै जिल्लाका लागि ‘एक÷एक जिल्ला एक पिसिआर मेशिन’ को निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस