• जीवनशैली | Jiwanshaili
  • अक्सिजनको खाली सिलिन्डर घरमा नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह


    काठमाडौं । स्वास्थ्य मन्त्रालयले अक्सिजन सिलिन्डरहरु सम्बन्धित कम्पनीमा समयमा भर्न लैजान र घरमा खाली नराखिदिन आग्रह गरेको छ।

    मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बुधबार विज्ञप्ति निकालेर अक्सिजन सिलिण्डरहरु देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुने भएकाले सबैलाई संवेदनशील बनिदिन अपील गरेका हुन्।

    एउटा उद्योगको सिलिन्डर अन्यत्र जाने क्रम पनि अत्याधिक भएको भन्दै प्रवक्ता अधिकारीले यो क्रम जारी रहे आउँदा दिनमा समस्या उत्पन्न हुन सक्ने बताएका छन्। अस्पतालको आपूर्ति प्रणाली भन्दा बाहिर नजाने गरि समन्वयको व्यवस्था गरेर महामारीविरुद्धको अभियानमा सकारात्मक सहयोग गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार