कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन
काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ३७ करोड ५३ करोड रुपैयाँ विनियोजन गरेको छ।
शनिबार आर्थिक वर्ष २०७८ ७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथाम तथा नियन्त्रणमा ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिएका हुन्। पौडेलका अनुसार खोप खरिका लागि मात्र २६ अर्ब ७५ करोड रकम विनियोजन भएको छ। कोरोना महामारी रोकथाम तथा उपचारका बजेट विनियोजन भएको छ।
सरकारले नागरिकको उपचारका लागि बजेट अभाव हुन नदिने भएको छ। सबै सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गर्ने भएको छ। सरकारले सबै अस्पतालमा अक्सिजन प्लानका लागि बजेट विनियोजन गरेको छ। कोरोना संक्रमितका लागि घुम्ती सेवा निःशुल्क सञ्चालन गर्ने घोषणा सरकारले गरेको छ।
उपत्यकामा तीन सय शैय्याको सरुवा अस्पताल निर्माणका लागि एक अर्ब ३० करोड रकम विनियोजन भएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस