• जीवनशैली | Jiwanshaili
  • चीनबाट ९ लाख खोप ल्याइँदै


    काठमाडौं । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । सो विमानले आज मंगलबार २ बजेसम्म ८ लाख खोप नेपाल ल्याइपु–याउनेछ ।

    त्यस्तै, चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झन्डै १ लाख डोज खोप हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत क्रमशः मंगलबार १ लाख र बुधबार १ लाख ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार तीन खेपमा चीनबाट भेरोसिल खोप नेपाल ल्याइने तयारी भएको हो । जसको प्राथमिकतामा ज्येष्ठ नागरिक परेका छन् ।

    आजको राजधानी दैनिकबाट।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार