• जीवनशैली | Jiwanshaili
  • पहिलो पटक मानवमा देखियाे बर्ड फ्लु


    चीनमा पहिलो पटक मानवमा  H10N3  बर्ड फ्लु संक्रमण देखिएको छ । चीनको राष्ट्रिय स्वास्थ आयोगका अनुसार जिआंग्सू प्राप्त बस्ने एक पुरुषमा  H10N3 बर्ड फ्लु देखिएको हो । मानिसमा देखियो यो पहिलो घटना हो ।
    जिआंग्सूस्थि तझेनजियांग शहरका एक ४१ वर्षीय पूरुषमा यो संक्रमण देखिएको बताईएको छ।

    कुखुरा पालनबाट यो संक्रमण फैलिरहेको ठानिएको छ । आयोगको जानकारीअनुसार २८ अप्रिलमा यी व्यक्तिलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई ज्वरो र अन्य केही लक्षण पनि देखिएको थियो । एक महिनापछि अर्थात् २८ मेइमा H10N3 बर्ड फ्लु संक्रमण पुष्टि भयो । यद्यपी, यो भाइरसको खतरा धेरै नरहेको आयोगले जनाएको छ । चीनमा एभियन इन्फ्लुएन्जाका धेरै स्ट्रेनहरु मौजूद छन् र यसबाट केही मानिस संक्रमित भइसकेका छन् ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार