• जीवनशैली | Jiwanshaili
  • डब्लूएचओले दियो अर्को चिनियाँ सिनोभ्याक खोपलाई आपतकालीन प्रयोगको अनुमति


    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा बनेको कोरोना विरूद्धको थप एक खोपलाई अपतकालीन प्रयोगको अनुमति दिएको छ ।

    चिनियाँ कम्पनी सिनोभ्याक ले तयार पारेको उक्त खोपलाई अनुमति दिइएको हो । यससँगै अब चीनमा बनेका दुई खोपले अनुमति पाएका छन् ।

    यसअघि डब्लूएचओले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई प्रयोगको अनुमति दिएको थियो ।

    विश्वभर यो खोप प्रयोगका लागि सुरक्षित भएको पनि डब्लूएचओले जनाएको छ ।

    बीबीसी नेपालीबाट


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार