अमेरिकाले दिने खोपको सङ्ख्या कति ?
काठमाडौं। नेपाल सरकारले कोप मागेको केही दिनमा नै अमेरिकाले नेपाललाई ठुलो मात्रामा खोप दिने घोषणा गरेको छ। नेपाल लगायत दक्षिण एसियाली अन्य मुलुक सहित विभिन्न देशलाई कोरोना विरुद्धको खोप दिने अमेरिकाले घोषणा गरेको छ ।
अमेरिकाले नेपाल लगायत एसियाका विभिन्न १७ वटा देशलाई कोभ्याक्समार्फत ७० करोड डोज खोप उपलब्ध गराउने भएको जनाएको छ । नेपालले ठ्याक्कै कति डोज खोप प्राप्त गर्ने छ भन्ने परिमाण बारे भने खुलाइएको छैन । तथापि नेपालले कम्तीमा ५० लाख डोज खोप अमेरिकाबाट प्राप्त गर्ने अनुमान गरिएको छ।
नेपालस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुकमार्फत कोरोना विरुद्धको खोप दिने घोषणा गरेको जानकारी गराएको हो । अमेरिकाको उक्त घोषणाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत धन्यवाद दिएका छन् ।
उनले कोभिडविरुद्ध खोप उपलब्ध गराउने घोषणामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिएका हुन् । प्रधानमन्त्री ओलीले उक्त घोषणाले नेपाल र अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने पनि ट्विटमार्फत व्यक्त गरेका छन् ।
बीबीसी
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस