पत्रकारलाई चाँडो खोप व्यवस्था गरिने
काठमाडौँ / नेपाल पत्रकार महासङ्घले कोभिडको खोप लगाउन बाँकी तीन हजार पत्रकारका लागि तत्काल उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ । महासङ्घको टोलीले आज नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई भेटी नागरिकलाई सुसूचित गराउनुपर्ने अग्रभागका पत्रकारको पेशागत बाध्यतालाई ध्यानमा दिन आग्रह ग¥यो ।
सो अवसरमा मन्त्री तामाङले कोरोनाको खोप लगाउन बाँकी सबै पत्रकारलाई जतिसक्दो चाँडो व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घ केन्द्रीय समितिका तर्फबाट महासचिव रोशन पुरी र सचिव गोविन्द चौलागाईँको टोलीले मन्त्री तामाङलाई बधाई ज्ञापनसमेत गरेको थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस