कोभिसिल्ड लगाएकालाई दोस्रो डोज अष्ट्राजेनेकाको खोप लगाइने
काठमाडौं । सरकारले भारतबाट कोरोना भाइरसविरूद्धको कोभिसिल्ड खोप नआउने भएपछि दोस्रो डोज लगाउन बाँकी रहेका नागरिकलाई अष्ट्राजेनेकाको खोप दिने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना जारी गर्दै भारतबाट खोप उलपब्ध गराउन असर्मथ रहेको पत्र पठाएको भन्दै पहिलो डोज लगाएका मानिसलाई एउटै प्रकृतिको अष्ट्राजेनेका खोप लगाउने निर्णय गरिएको जनाएको छ । यसअघि नेपालले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको थियो ।
त्यसमध्ये १० लाख डोजमात्र आइसकेको छ भने १० लाख डोज आउन बाँकी छ। समयमै खोप नआएपछि नेपालमा खोप अभियान नै प्रभावित भएको छ । मन्त्रालयले पहिलो डोज लगाएका मानिसलाई १२ हप्तापछि पनि खोप लगाउन मिल्ने बताएको छ। पहिलो डोज लगाएका मानिसलाई धैर्यता गरिदिन आग्रह गरेको समेत गरेको छ ।
कोरोना भाइरसविरुद्ध कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकसहित झण्डै १४ लाख बढीले दोस्रो डोज लगाउन बाँकी छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस