• जीवनशैली | Jiwanshaili
  • काठमाडौंका ३२ ठाउँहरुमा लगाइँदै कोरोनविरुद्धको खोप


    कोरोनाविरूद्ध चिनियाँ खोप भेरोसेल आजबाट लगाउन सुरु गरिएको छ । ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा खोप दिन लागेको हो ।

    जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्ने बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ । खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ ।

    २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप लगाउने छ।

    -नन्दी रात्री स्कुल, नक्साल

    -वडा कार्यालय, लाजिम्पाट

    -वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र

    -वडा कार्यालय, वालुवाटार

    –वडा कार्यालय, हाँडीगाउँ

    -महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध

    -वडा कार्यालय, मित्रपार्क, चावहिल

    – गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी

    -अनुपम फुडल्याण्ड, बत्तीस पुतली

    -म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर

    -विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर

    -बुद्ध माई अस्पताल, टेकु

    -जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी

    -वडा कार्यालय, भुवनेश्वरी कलंकी

    -भुइँखेल चौर, स्वयम्भू

    -बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार

    -पब्लिक युथ क्याम्पस, धोवी चौर

    – पुष्पलाल पार्क, विष्णुमती किनार

    -वडा १९ कार्यालय परिसर,

    -शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी

    -सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल

    -वडा कार्यालय, टेवहाल

    – नव आदर्श विद्यालय, बसन्तपुर

    -इतुमबहाल, तारणीबहाल

    -कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी

    -वडा कार्यालय परिसर, लैनचौर

    – महावौद्ध चोक

    -कार्यालय परिसर, सिटी मार्केट

    – विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार

    -सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक

    -इ.पी.एस.स्कूल, मीनभवन

    -वडा कार्यालय परिसर, पाल्पाकोट

    त्यसैगरि ललितपुर महानगरपालिकामा पनि २५ र २६ गते कोरोनाविरुद्धको खोप लगाइँदैछ । खोप पुरानै केन्द्रमार्फत् लगाइने छ ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार