गाउँपालिकालाई पाँच लाख बढीको स्वास्थ्य सामग्री
डोटी / जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सम विकास केन्द्र ९इडिसी०ले यहाँको जोरायल गाउँपालिकालाई आज रु पाँच लाख १६ हजार ५०० बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पछिल्लो समय उक्त गाउँपालिकामा रहेका नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेका कारण स्वास्थ्य सामग्री उपलब्ध गराएको संस्थाका वित्तीय अधिकृत कृष्णसुन्दर श्रेष्ठ जानकारी दिए ।
उनका अनुसार बितरण गरिएका स्वास्थ्य सामग्रीमा मेडीसियन शय्या, इलेक्ट्रोनिक वाटर हिटर, पिपिइ सेट, पल्स अक्सोमिटर, ईलिक्ट्रिक वाटर हिटर, थर्मल गन, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाईजर साबुन, ओडीलिन सर्जिकल मास्कलगायत स्वास्थ्य सामग्री रहेका छन् । कोभिड–१९ को दोस्रो लहरको महामारीले गाउँपालिकाका नागरिकलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले प्रदान गरिएको स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमितको उपचार तथा रोकथाममा निकै सहज हुँने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
संस्थाले प्रदान गरेका स्वास्थ्य सामग्री गाउँपालिकामार्फत रहेका संस्थागत आईसोलेशन सेन्टर तथा गाउँपालिकाअन्तर्गत स्वास्थ्य संस्था स्वास्थ्य एकाई र प्राथमिकताका आधारमा अन्य वडाका स्वास्थ्यले समुदायका गरीब, दलित, विपन्न, महिलालाई प्राथमिकताको आधारमा वितरण गरिने अध्यक्ष ओझाले जानकारी दिए। विश्वव्यापी महामारीकोरूपमा रहेको कोरोना सङ्क्रमणको महामारीको समयमा प्राप्त भएका सामग्रीले गाउँपालिकामा रहेका सङ्क्रमितको उपचारमा ठूलो सहयोग पुग्ने गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताउनुभयो । उनले भने, “कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री पाएका छौँ, सङ्क्रमितको उपचारका लागि हामीलाई निकै हसज हुनेछ ।”
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस