गोकर्णेश्वरका दुई केन्द्रमा भेरोसेल खोप
काठमाडौँ / गोकर्णेश्वर नगरपालिकाका दुई केन्द्रमा भेरोसेल खोप ६० देखि ६४ वर्षसम्मका वृद्धलाई दिन शुरु गरिएको छ ।
नगरपालिकाको वडा नं।–४ स्थित सहयोगी माध्यमिक विद्यालय र वडा नं।–६ स्थित चामुण्डा माध्यमिक विद्यालय परिसरमा ६० देखि ६४ वर्षसम्मकालाई खोप लगाउन शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले राससलाई जानकारी दिए ।
नगरपालिकामा हालसम्म पाँच हजार ४९० जना कोरोना सङ्क्रमित भएका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना फैलिएपछि तीन हजार १४२ जना सङ्क्रमित भइसकेका छन् । गत वर्ष पहिलो चरणको कोरोनाले दुई हजार ३४८ जना सङ्क्रमित भएका थिए ।
दोस्रो लहरले सङ्क्रमितभएकामध्ये दुई हजार २६९ जना घर फर्केका छन् । ८२८ जना अहिले पनि सक्रिय सङ्क्रमित छन् । दोस्रो लहरको कोरोनाले नगरपालिकाका ४५ जना नगरवासीको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ । गत वर्ष पहिलो चरणको कोरोनाले भने २८ जनाको निधन भएको थियो । कोरोनाबाट ७३ नगरवासीको निधन भएको छ । हालसम्म एण्टिजेन परीक्षण दुई हजार २० र पिसीआर विधिबाट चार ७०३ को परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
नगर क्षेत्रमा कोरोनाको लक्षण देखिएकालाई गोकर्ण प्राथमिक अस्पतालमा सोमबार र बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाउने गरिएको छ । यसैगरी नारायणटारस्थित शङ्खरापुर अस्पतालमा बुधबार पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरिएको छ । अत्यावश्यक भई परीक्षण गर्नुपरेमा भने एण्टिजेन परीक्षण गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।
चीन सरकारबाट अनुदानमा प्राप्त भेरोसील खोप आजदेखि देशभर ६० देखि ६४ वर्षसम्मका नागरिकलाई लगाइँदै छ । हिमाली क्षेत्रमा भने १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस