गरिब देशलाई सय करोड कोरोना खोप उपलब्ध गराउने जी-७ को उद्घोष
बेलायतका प्रधानमन्त्री बोरिस जन्सनले ७ वटा देश मिलेर एक सय करोड कोरोना खोप गरिब देशलाई उपलब्ध गराउने बताएका छन्। अमेरिकाका राष्ट्रपति जो बाइडेनले पनि अमेरिका एक्लैले ५० करोड कोरोना खोप गरिब देशलाई उपलब्ध गराउनसक्ने बताएका थिए।
जी-७ मा अमेरिका र बेलायतसँगै क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान रहेका छन्। शुक्रबार सुरु भएको जी-७ सम्मेलनमा बेलायतका प्रधानमन्त्री बोरिसले भने, ‘जी-७ ले के संकल्प लिन जरुरी छ भने सन् २०२२ सम्म विश्वका सबै देशमा कोरोना खोप उपलब्ध गराउन कोसिस गरियोस्।’
उनले आफूहरुले मितवत देशहरुलाई मिलेर कोरोना महामारीलाई पराजित गर्न चाहेको बताए। उनले यसप्रति आफूहरु प्रतिबद्ध रहेको र बेलायतले केही हप्तामै करिब ५० लाख डोज गरिब देशलाई उपलब्ध गराउने बताए।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस