ट्राफिक प्रहरीलाई स्वास्थ्य समाग्री सहयोग
पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ को महामारीको समयमा अहोरात्र खटिने ट्राफिक प्रहरीको सुरक्षालाई दृष्टिगत गर्दै ती सामग्री हस्तान्तरण गरिएको पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए।
सबैभन्दा जोखिम काममा खटिने ट्राफिक प्रहरीको सुुरक्षालाई ध्यानमा राखी मास्क, स्यानिटाइजर, पञ्जा र फेस सिल्ड प्रदान गरिएको उनले बताए । यसैबीच थोक व्यवसायी संघ कास्की तथा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले सक्दो चाँडो खोपको प्रबन्ध गरिदिन पोखरा उद्योग वाणिज्य संघसँग आग्रह गरेको छ ।
थोक व्यवसायी संघका अध्यक्ष लेखनाथ सुवेदी तथा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष राजु पौडेलले संघका अध्यक्ष नारायण कोइरालालाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन्। ज्ञापनपत्र बुझ्दै संघका अध्यक्ष नारायण कोइरालाले सरकारले स्वीकृति दिए पोखरा उद्योग वाणिज्य संघ खोप ल्याउन तम्तयार रहेको जानकारी दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस