गर्भवतीलाई सामग्री वितरण
बाँके / बर्दियाको बारबर्दिया नगरपालिका वहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत वडा नम्वर १ र २ मा सय जना गर्भवतीलाई नगरउपप्रमुख अञ्जु दहिले पोषणयुक्त सामग्री वितरण गरेका छन् । नगपालिकाले गर्भवतीहरुलाई पोसिलो खाना र सुरक्षा सामाग्री सहितको उपहार प्रदान गर्न शुरु गरेको छ । त्यस्तै शनिवार वडा नम्वर ५,६ र ७ मा ती सामग्री वितरण हुने छ । नगरपालिकाले शुक्रबारदेखि गर्भवतीहरुलाई उपहार बितरण गर्न थालेको हो । प्रत्येकलाई झुल, एक क्रेट अण्डा, आधा लिटर घ्यु, स्यानिटाईजर, मास्क लगायतका करिव १७ सय बराबरको सामग्री दिइएको छ । नगर प्रवक्ता दुर्गा वहादुर विश्वकर्माले ११ वटै वडाका गर्भवतीलाई ती सामग्री दिइने बताए।
क्याटेगोरी : समाज, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस