बजेटमा खोपलाई पहिलो प्राथमिकता दिन आग्रह
गण्डकी / नेपाली कांग्रेस कास्कीले गण्डकी प्रदेश सरकारको आगामी बजेटमा खोपलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको नेतृत्वमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाइ तथा शुभकामना दिन पुगेको प्रतिनिधिमण्डलले कोरोना महामारीका कारण जनता समस्यामा परेको भन्दै खोपलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।
भेटघाटमा पार्टीका पदाधिकारी तथा क्षेत्रीय सभापति लगायतको उपस्थिति रहेको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । प्रतिनिधिमण्डलले कोरोनाबाट प्रभावित व्यवसायी, शिक्षक, मजुदरलगायत क्षेत्रलाई राहत हुने गरी कार्यक्रम ल्याउन आग्रह गरेको छ । कोरोनाका कारण समस्यामा परेका नागरिकको हितलाई दृष्टिगत गर्दै सरकार अघि बढ्नुपर्नेमा उनीहरूको जोड छ । मुख्यमन्त्री पोखरेलले प्राप्त सुझावलाई आत्मसात गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस