आज विश्व रक्तदाता दिवस,कस्ता व्यक्तिले रक्त दान गर्न मिल्छ ?
काठमाडौं । विश्व रक्तदाता दिवस विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो ।
यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाउने गर्दछन् । संसारको विभिन्न भागमा झैं नेपालमा पनि रक्तदाता दिवसमा र्याली, कोण सभा तथा जनचेतनामूलक कार्यक्रम गरि रक्त दान गर्नुको महत्व तथा फाइदाहरुको बारेमा बताउने गरिन्छ । मानवमा ८ प्रकारका रक्तसमुह हुन्छन् र आफ्ना रगत समुह अनुसार मिल्ने व्यक्तिलाई मात्र उक्त रगत उनीहरुमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरुको रगतमा कुनै सक्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी रगत जाँच गर्दा गक्तदाताहरुलाई आफ्नो रगत सही छ छैन या छैन भने के कस्तो संक्रमण छ त्यसबारे दाताहरुलाई जानकारी दिइन्छ ।
सामान्यतया एकपटक रक्तदान गरेर अर्कोपटक रक्तदान गर्नुका बीचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागी के के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामीमध्य कतिपयलाई यी कुराहरु पहिल्यै थाहा पनि छ होला । रक्तदान गर्नकालागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकीएको छ । यस्ता रक्तदाताका सीमाहरु देश अनुसार फरक पनि हुन सक्दछन् ।
रक्तदान नै जीवनदान
रगतको महत्व त्यो बेला थाहा हुन्छ जब आफ्नो केही आफन्त रगतको खाँचो परेको हुन्छ, उ मृत्युशैय्यामा छटपटाएको हुन्छ, डाक्टरले भन्छन् तपाईको बिमारीलाई तुरुन्तै रगतको चाहिन्छ नत्र अप्रेशन हुन सक्दैन या तपाईको बिमारी बाँच्न सक्दैन।
त्यो बेला हामी रगतको खोजीको लागि धेरै छटपटाउँछौं । यताउता आफन्त गुहार्छौ साथी भाई गुहार्छौ कोही रगत बेच्ने पाए किन्न तयार हुन्छौं त्यो बेला हामी पैसाको मोलतोल गर्न लाग्दैनौं । अहिले त इन्टरनेटले गर्दा रगत खोज्न केही सजीलो पनि भएको छ । फेसबुकको पेजमा फलानो ग्रुपको रगत आवश्यक छ भनेर पोष्ट गर्नासाथ यो खबर एक आपसमा सेयर गरिन्छ र कोही दयालु व्यक्तिले यो कुरा थाहा पायो भने गएर रगत दिन्छ । कसैले बिना पैसामा दिन्छन् भने कोही कसैले पैसा लिएर दिन्छन् । यदि हामीले निःशुल्क रक्त दान गर्यौ भने त्यो धेरै पुण्य कार्य हो । रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन र एकहिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ । नेपालमा पनि पछिल्ला समयमा रक्तदानकालागी स्वयम सेवी सँस्थाहरु र सञ्जालहरु बढ्दै गएका छन्, जस्तैः यूथ फर ब्लड, ब्लड पाल, हेल्थी सिटीजन, नेपाल, रेडक्रस लगायत थुप्रै संस्था अनि सञ्जालहरुको रक्तदानलाई सहज पार्ने र जनचेतना फैलाउने कार्य वास्तवमै तारीफ योग्य छ ।
कसले रक्त दान गर्न मिल्छ । कस्तो रगत दिन मिल्छ
गर्भवती र महिनावारीको समयमा रक्तदान गर्नुहुँदैन ९९.४ प्रतिशत नेपाली पोजिटिभ समूहको छन् भने ०.६ प्रतिशत ९ अहिले बढेर २ प्रतिशत आरएच नेगेटिभ अर्थात् हाल नेपालमा १०० व्यक्तिमा दुई जनाको रक्त समूह नेगेटिभ छ यस्ता विषयमा पर्याप्त ज्ञान दिलाउन सके पक्कै पनि रक्तदाताहरुको संख्या वृद्धि हुन सक्छ कस्ता व्यक्तिले रक्तदान गर्ने ?
स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृत्तिले गर्दा देशमा रगतको चरम सङ्कट भएको छ अनुसन्धानले पनि यो कुरालाई मानेको छ कि रक्तदानले क्यान्सरको सम्भावनालाई शतप्रतिशतसम्म कम गर्छ रक्तदानको २४ घण्टाअघि र पछि रक्सी वा अन्य लागूपदार्थ सेवन गर्नुहुँदैन रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन र दान अगाडि धूमपान गर्नुहुँदैन हामीले शरीरमा भएको रगत दान नगरे पनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ ।
अन्त्यमा देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भए पनि अझै रक्तदानको ज्ञान बारे पर्याप्त जानकारी छैन रक्तदानले कार्डियोवस्कुलर स्वास्थको पनि नियन्त्रण गर्छ तसर्थ, रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रतिशत वा सो भन्दा माथि, शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको हुनुपर्छ कुनै पनि बेला जोसुकैलाई रगत चाहिन सक्छ रक्तदान गर्नु पूर्व विभिन्न विद्यालय तथा विश्वविद्यालय, स्वास्थ्य संस्था आदिबाट रक्तदान सम्बन्धी जानकारी लिन सकिन्छ । नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ सडक दुर्घटना पनि अचाक्ली बढेका छन् कसैको जिन्दगी बचाउनु राम्रो काम हो यी सबै अवस्थाले रगतको माग आकासिएको छ यसले वजन नियन्त्रणमा ठूलो मदत गर्छ साथै मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय, यौनरोग तथा एचआईभी ÷ एड्स नलागेको हुनुपर्छ जस्तैः खाना खानुअघि हात धोधौ जसका कारण एजिङ, हृदयघात र स्टोकको समस्या देखिन्छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस