एम्बुलेन्स सेवा सञ्चालन
रसुवा / ग्रामीण बासिन्दाको उपचार सेवा सहज पार्ने उद्देश्यले नौकुण्ड गाउँपालिका पारच्याङद्वारा पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भौगोलिक विकटता भएको यार्सा क्षेत्रमा वसोवास गर्ने वासिन्दा बिरामी पर्दा डोकामा बोकी अस्पताल लानुपर्ने समस्या समाधान गर्न गाउँपालिकाले एम्बुलेन्स खरीद गरेको हो ।
नयाँ सञ्चालनमा ल्याएको एम्बुलेन्सबाट यार्सा, युव्रा, घाङवर, सिङ्वन्दी, लाङ्वु, आरूखर्क, सरसिउँ, पाटीखर्क, सरमथली, पारच्याङ, फाम्चेत, भोर्ले, चित्ती समेतका दर्जनौ गाउँमा बसोबास गर्ने १० हजारभन्दा बढी नागरिकले सेवा पाउने अपेक्षा गरिएको छ । गाउँपालिकाले रू १० लाख ८५ हजारमा एम्बुलेन्स खरीद गरिएको र भन्सार शुल्क भने छुट भएको बताइएको छ ।
नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो घलेका अनुसार आफ्नो गाउँपालिका क्षेत्रको छ वटै वडाका वासिन्दालाई उपचारमा परेको समस्या समाधान गर्न सडक मार्गका ट्रयाक खोलेसँगै दुई दिनअधि रसुवा भित्र्याइएको एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो । वर्षात्को समयमा सडक अवरूद्ध हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै निरन्तर सेवा प्रवाहको लागि असार, साउन र भदौ महिनामा भने एम्बुलेन्स कालिकास्थानमा राख्ने व्यवस्था मिलाइएको अक्ष्यक्ष घलेले बताउनुभयो । यस्तै जिल्ला अस्पताल, गोसाइँकुण्ड तथा कालिका गाउँपालिका समेतका निकायले एम्बुलेन्स सञ्चालनमा ल्याइसकेका कारण स्थानीय अस्पतालमा उपचार हुन नसकेका बिरामी सुविधायुक्त अस्पतालमा लान सहज भएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस