चरीकोट अस्पताल पशुपति चौलागाईँ स्मृति अस्पतालमा रुपान्तरण
चरीकोट / प्रस्तावित चरीकोट अस्पताल पशुपति चौलागाईं स्मृति अस्पतालमा रुपान्तरण गरिएको छ । वाग्मती प्रदेश सरकारले नेकपा (एमाले)का नेता तथा वाग्मती प्रदेशसभा सदस्य स्व नेता चौलागाईंको सम्झनास्वरुप सो अस्पताललाई ‘पशुपति चौलागाईँ स्मृति अस्पताल’का नाममा नामकरण गरेको हो । यही असार १ गते बसेको वाग्मती प्रदेशसभाको बैठकले अस्पतालको नाम रुपान्तरण गर्ने निर्णय गरेको वाग्मती प्रदेश सदस्य तथा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले जानकारी दिए ।
स्व नेता चौलागाईँको स्मृतिमा नामकरण गरिएको अस्पताल दोलखाको भीमेश्वर नगरपालिका–४ चरीकोटबाट सञ्चालन हुँदै आएको चरीकोट प्राथमिक स्वास्थ केन्द्र हो । विसं २०७२ को भूकम्पपश्चात् स्वास्थ्यको क्षेत्रमा काम गर्ने न्याय हेल्थ नामक संस्थाले दक्ष चिकित्सकसहितको व्यवस्थापनमा सञ्चालन गर्दै आएपछि प्रदेशस्तरीय अस्पताल बनाउनका लागि स्थानीय तहले चरीकोट अस्पतालका नाममा प्रस्ताव गरेको थियो । अस्पतालले दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको दरबन्दीमा प्रसूति सेवा, ओपिडी सेवा, शल्यक्रियासहित एचडियुसहितको सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस