• जीवनशैली | Jiwanshaili
  • सरकारले ४० लाख चिनियाँ खोप किन्ने


    सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले ४० लाख खरिद गर्ने र पहिलो लट जुन महिनाभित्रै आउने जानकारी दिएको एक मन्त्रीले बताए।

    मन्त्रिपरिषदको निर्णयबारे सरकारका प्रवक्ताले औपचारिक जानकारी दिने बताइएको छ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार