गर्मी मौसममा हुने एलर्जीबाट कसरी बच्ने ?
काठमाडौं । गर्मी महिना शुरु भएको छ ।
गर्मीमा करिब १० देखि २० प्रतिशत मानिस मौमसी एलर्जीको शिकार हुन्छन् । यदि तपाई पनि यस्तै एलर्जीको शिकार हुनुहुन्छ भने केही त्यस्ता तरिका अपनाउनुस् जसले तपाईलाई यसबाट मुक्ति दिलाउन सक्छ। अमेरिकामा गरिएको एक अनुसन्धानले के पत्ता लगाएको छ भने तनाव लिएको खण्डमा एलर्जीको लक्षण बढ्ने गर्छ । स्ट्रेस हार्मोन्स, ब्लड प्रोटीन इत्यादीले आईजीईलाई बढाउँछ जुन एलर्जिक रिएक्शनका लागि जिम्मेवार हुन्छ । विज्ञका अनुसार तनाव नलिने र पूरै निन्द्रा सुत्ने गर्नाले एलर्जीमा राहत मिल्छ ।
सुक्खा मौसममा छाला जोगाउन हामी विभिन्न क्रिम, साबुन तथा जेल प्रयोग गर्छौँ । यस्तै, हेलचेक्र्याइँपूर्ण कार्यले गर्दा छालालाई असर पर्ने तथा एलर्जी हुने समस्या निम्तिन्छ । गलत औषधिको प्रयोग तथा विभिन्न क्रिम, साबुन, जनावरमा हुने किटाणु, रङ आदिका कारण एलर्जी हुन सक्छ । एलर्जीकै कारण रुघा लाग्ने, हाछ्युँ आउने, शरीरमा डाबर आउने, खोकी लाग्नेजस्ता समस्या आउन सक्छ। जाडो सकिएर गर्मी सुरु हुने समयमा धेरैका शरीरमा एलर्जीले सताउने गर्छ । स्वास्थ्य संस्थाहरूमा पनि यस्ता समस्या लिएर आउने बिरामीको संख्या बढी नै हुन्छ । रुखमा नयाँ पालुवा पलाउने तथा फूल फुल्ने सुक्खा मौसममा हाम्रो शरीर पनि सुक्खा भइरहेको हुन्छ । जसले गर्दा यो मौसममा एलर्जी, छालासम्बन्धी रोग, शरीर सुक्खा हुने, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी नै हुन्छ । जाडो सकिएर गर्मी सुरु हुने अहिलेको मौसममा सरुवारोगका कीटाणुहरू पनि बढी नै सक्रिय हुन्छन् । गलत औषधिको प्रयोग तथा विभिन्न क्रिम, साबुन, जनावरमा हुने कीटाणु, रङ आदिका कारण एलर्जी हुन सक्छ । एलर्जीकै कारण रुघा लाग्ने, हाछ्युँ आउने, शरीरमा डाबर आउने, खोकी लाग्नेजस्ता समस्या आउन सक्छ ।
एलर्जीबाट बच्न के गर्ने ?
यो मौसममा धेरै हावाहुरी चल्ने गर्छ । जसले गर्दा धुवाँ–धुलोमार्फत हाम्रो शरीरको छालामा किटाणु टाँसिन गई शरीरमा एलर्जी हुन सक्छ । त्यसैले एलर्जीजस्ता समस्याबाट जोगिन पहिले धुलो र धुवाँबाट बच्नुपर्छ । ड्ड घरबाट बाहिर निस्कदाँ धुवाँ–धुलोबाट जोगिन सम्पूर्ण शरीर ढाकेर हिँड्नुपर्छ । जसले गर्दा शरीरमा किटाणुले सिंधै प्रवेश गर्न पाउँदैन ।
घरबाहिर गएर आएपछि नुहाउनुपर्छ । साबुनपानीले राम्रोसँग हातखुट्टा धुन बिर्सनु भएन । हातखुट्टा साबुनपानीले धुँदा ८० प्रतिशत किटाणु मर्छन ।
यो सुक्खा मौसम भएकाले प्रशस्त पानी पिउनुपर्छ । हावाहुरीले शरीर सुक्खा हुने हुँदा शरीरमा पानीको मात्रा पनि कम हुन्छ । पानीको मात्रा शरीरमा कम हुँदा पनि एलर्जी हुन सक्छ । सोही कारण सुक्खा मौसममा प्रशस्त पानी पिउनुपर्छ ।
यो मौसममा सरुवारोगका किटाणुहरु बढी नै सक्रिय हुन्छन् । सोही कारण सरुवारोगका बिरामी भएको ठाउँ, अत्यन्तै धुलो उड्ने ठाउँमा विशेष काम परे मात्र जानुपर्छ ।
यदी घामबाट छालालाई असर परेको छ भने भिजाएको एक कपडा या बर्फबाट छालालाई सेक्न सकिन्छ, आलुलाई मिक्सरमा पिसेर यसको रसलाई घामले पालेको ठाउँमा लगाउनाले पनि आराम मिल्नेछ। गर्मिमा पसिनाको दुर्गन्धबाट बच्नका लागि सकेसम्म धेरै मात्रामा पानी पिउने,
घामबाट छाला टैन हुने गर्छ त्यसैले कागतीको रस, गुलाबजलको रस मिलाएर छालामा लगाउदा पनि हुन्छ। माथिका यी उपायहरु अपनाउनु होस् यो गर्मी मौसबाट उत्पन्न हुने समस्याबाट छुट्कारा पाउनुहोस्।
गर्मीका कारण छालामा एलर्जी र रैशेज जस्ता समस्याहरु आउन सक्छ त्यसैले ध्युकुमारीको जेल पनि लगाउन सकिन्छ, या नुहाउने पानीमा थोरै बेकिंग सोडा मिलाएर नुहाएमा पनि गर्मिका कारण हुने एलर्जीबाट छुट्कारा पाउन सकिन्छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस